काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा उजुरी परेको छ। आर्थिक अपचलन गरेको भन्दै तिवारीविरुद्ध प्राधिकरणकै कर्मचारीले उजुरी हालेका हुन्।
महाप्रबन्धक तिवारी प्राधिकरणको महानिर्देशक बन्दै दौडमा छन्। अख्तियारमा उजुरी हालेका कर्मचारीले भने तिवारीले प्राधिकरणमा सेवा सुरू गरेदेखि नै विभिन्न पदमा बस्दा लाखौं हिनामिना गरेको भन्दै त्यसको छानबिन गरी कारवाही गर्न माग गरेका छन्।
लुक्ला, पोखरा र नेपालगञ्ज विमानस्थलको प्रमुख हुँदा तिवारीले करोडौं रुपैयाँ आर्थिक अपचलन गरेको कर्मचारीको आरोप छ।