बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिप्चेट पुगेर गृहमन्त्री खाँडले भने- हेलिकोप्टरबाट भएपनि खाद्यान्न ढुवानी हुन्छ

सिप्चेट पुगेर गृहमन्त्री खाँडले भने- हेलिकोप्टरबाट भएपनि खाद्यान्न ढुवानी हुन्छ

‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ। आवश्यक खाद्यान्न हेलिकोप्टरबाट भए पनि यहाँसम्म पुर्‍याउने व्यवस्था हुन्छ,’ मन्त्री खाँडले भने।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

गोरखा- गृहमन्त्री बालकृष्ण खाणले पहिरोले सडक अवरुद्ध हुँदा गोरखाको चुमनुबरी गाउँपालिकाका-६ को सिप्चेटमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। ‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न सिप्चेट पुगेका मन्त्री खाँडले सडक अवरुद्ध हुँदा गाउँमा देखिएको खाद्यान्न समस्या समाधानका लागि हेलिकोप्टरबाट भए पनि खाद्यान्न ढुवानी गरिने बताएका हुन्। 

‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ। आवश्यक खाद्यान्न हेलिकोप्टरबाट भए पनि यहाँसम्म पुर्‍याउने व्यवस्था हुन्छ,’ मन्त्री खाँडले भने। 

मन्त्री खाँडले पहिरो हटाउन गृह मन्त्रालयबाट सहजीकरण गर्न गृहका सहसचिव फणिन्द्रमणि पोखरेललाई निर्देशन पनि दिएका थिए। सरोकारवाला निकायसँग पहिरो हटाउने विषयमा पहल गर्ने मन्त्री खाणले प्रतिबद्धता जनाएका थिए। 

भदौ २ गते लोक्पा र सर्दी भिरमा गएको पहिरो अझै नरोकिदा सिप्चेट गाउँमा खाद्यान्नको अभाव भएको छ। मानिसहरू आवतजावत गर्न पनि समस्या भइरहेको छ। 

मन्त्री खाणलाई चुमनुबरी गाउँपालिका-६ का अध्यक्ष लोप्साङ थुन्जो लामाले पहिरोलगायतका समस्याबारे अवगत गराएका थिए। पहिरो नरोकिँदा खाद्यान्न समस्या भोग्नु परिरहेको, सञ्चारको सुविधा नभएको, सुरक्षाको सुविधा नभएको भन्दै मन्त्री खाणलाई ध्यानाकर्षण गराएका थिए। 

करिब २६ सय जनसंख्या रहेको गाँउमा कुनै घटना भए सुरक्षाकर्मी आइपुग्न ६ घण्टा लाग्छ। स्थानीयले गाउँमै प्रहरी चौकी राख्नसमेत गृहमन्त्रीसमक्ष माग गरेका छन्। गाँउमा नेपाल टेलिकमको टावर निर्माण भएकाले उक्त टावर सञ्चालन गर्न पनि माग गरेका छन्। मन्त्री खाँडले टावर सञ्चालनमा ल्याउन समेत पहल गर्ने बताए। गुम्बा खेम्पो कर्मा दावाको आर्थिक सहयोगमा निर्माण भएको हो। दावाकै आर्थिक सहयोगमा निर्माण भएका सिक्चेतका ३७ मूलघर पनि स्थानीयलाई हस्तान्तरण गरिएको थियो।

प्रकाशित: Sep 24, 2021| 18:48 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।