काठमाडौं- शनिबार सुरु हुने क्रिकेट फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स इलेभन उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने छ। टिमका कप्तान रहेका छन्- लेगस्पिनर सन्दीप लामिछाने।
फ्रेन्चाइज प्रतियोगितामा सन्दीप लामिछानेको यो दोस्रो कप्तानी हो। यसअघि उनले पोखरा प्रिमियर लिगमा पनि कप्तानी गरिसकेका छन्। त्यतिबेला उनले विराटनगरको टिमबाट कप्तानी गरेका थिए।
त्यसबाहेक उनले राष्ट्रिय प्रतियोगिता मेयरर्स कपमा काठमाडौं इलेभेनको टिमबाट पनि कप्तानी गरिसकेका छन्। भने नेपाली यू-१९ राष्ट्रिय टिमबाट पनि कप्तानी गरेका छन्।
ईपीएलको उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सँग शनिबार काठमाडौं किंग्स भिड्दैछ। सन्दीपको नेतृत्वमा खेलाडी शाहिद अफ्रिदीले पनि खेल्नेछन्।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अफ्रिदीलाई देखेर नआत्तिन सन्दीपलाई सुझाव दिएका छन्।
पत्रकार सम्मेलनमा ककसले के भने?
रोहित गुप्ता, किंग्स इलेभेन सञ्चालक
नेपालमा ठूलो एक खेल आयोजना भइरहेको छ। त्यसलाई लिएर म निकै खुसी छु। हामीसँग राष्ट्रियदेखि अन्तर्राष्ट्रिय उत्कृष्ट खेलाडी छन्। त्यसमध्ये एक साहिद अप्रिदी पनि हुन्। उनलाई आफ्नो टिममा देख्न पाउँदा म निकै खुसी छु।
नेपाल एक क्रिकेटमैत्री देश भएको कुरामा विश्वस्त छु। दर्शकलाई उत्साहित गराउँन हामीसँग अफ्रिदीसँगै सन्दीप लामिछाने पनि छन्। अन्य विदेशी खेलाडी र ट्यालेन्टे युवा खेलाडी पनि छन्। हामी यो वर्षको उपाधि जित्ने कुरामा विश्वस्त छौं।
सुरेन्द्र कुमार गोयल, प्रायोजक (शिवम् सिमेन्ट)
विश्वका सेन्सेसनल ब्याट्स्मेनलाई आफूसामू पाउनु निकै गौरवमय लागेको छ। उनी अहिले काठमाडौंको टिमा छन्। विद्यार्थी जिवनमा म क्रिकेटको निकै फ्यान थिएँ। जतिबेला टी २० आएकै थिएन। त्यतिबेला अफ्रिदीले टी२० जस्तै तरिकाले एक दिवसीय खेल्नुहुन्थ्यो।
मान्छेले उनको खेल हेर्दामेदै मख्ख परिहाल्छन्। टिमका कप्तान सन्दिप नेपालीका हिरो हुन्। उनी यो टिममा छन्। यो वर्ष काठमाडौं बलियो भएर आएको छ।
विद्या सुन्दर शाक्य, काठमाडौं नगरपालिका मेयर
अफ्रिदीको उपस्थितिले किंग्स इलेवेनको ऊर्जा थपेको छ। यसले गर्दा म कप्तान सन्दीपलाई नआत्तिन पनि अनुरोध गर्दछु। आफूभन्दा जान्ने र राम्रो खेलाडी अगाडि उभिँदा हामी निराश हुन्छौं। त्यस्तो अवस्थामा उत्साहित भएर यो टिमलाई सफल बनाउन अनुरोध गर्दछु।
विशेषगरी काभिडको कारणले बीचको केही समय हाम्रा लागि असामान्य जस्तै भएको थियो। अहिले विस्तारै सामान्य बन्दै गइरहेको छ। यसले खेल जीवन पनि सहज बन्दै गएको छ। दुई वर्ष अघि पनि मैले यहाँ आएर जर्सी अनावरण गरेर गएको थिए। तर त्यतिबेला हामीले जित निकाल्न सकेनौँ। जितको उत्सव मनाउने धोको निकै छ। त्यो यो वर्ष पूरा होस् भन्ने लागेको छ। धेरै राम्रा टिम छन्। त्यसमा हामीले लगातार जित निकाल्न सक्नु पर्दछ।
पहिले त मलाई साहिद अफ्रिदी प्रशिक्षक हो कि भन्ने लागेको थियो। तर उहाँ त खेलाडी हुनुहुँदो रहेछ। तर उनलाई देखेर हाम्रो टिमको अन्य खेलाडी नर्भस हुनेको कि भन्ने पनि लागेको छ। तर यो टिमको लोगो नै भयंकर छ। काठमाडौंको लोगेद देखेरी अरु टिम डराउने अवस्था छ। तर अनुशासित भएर खेलेर जित्नुपर्छ।
पहिले फुटलमा क्रेज धेरै थियो। त्यो क्रेज अहिले क्रिकेटले लिने गरेको छ। काठमाडौं नगरपालिकाले फुटबल लगायतका टिमलाई सहयोग गर्दै आएको छ। केही समय अघि क्रिकेटको प्रतियोगिता (काठमाडौं मेयर्स कप) प्रायोन गरेका थियौँ।
सन्दीप लामिछाने, कप्तान
काठमाडौं किंग्स इलेवेको कप्तानी गर्न पाउँदा खुसी छु। शाहिदको उपस्थिति नै हाम्रो लागि धेरै हो। हाम्रो टिमले केही राम्रो गर्नेछ। खेलबारे भन्नुपर्दा हामी भोली नै खेल्दैछौँ। जित निकाल्ने दाउमा छौं।
शाहिद अफ्रिदी, विदेशी खेलाडी
सर्वप्रथम त म यो टिमको व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु। म यहाँको बसाईलाई निकै इन्जोय गरिरहेको छु। य यहाँको सत्करदेखि निकै खुसी छु। म दुई खेलको लागि मात्र हुनेछु।
मेरो कामको व्यवस्ता धेरै भएकाले म पुरा सिजन बस्ने छैन। तर म अर्को सिजन आउँदा खेरी पूरा सिजन खेल्ने गरी नै आउने छु। पुरा सिजन नबोलाए त म आउने नै छैन।
म यहाँ अहिले खेल्न मात्र आएको होइन। म पाकिस्तान र नेपालको सम्बन्धलाई थप बलियो बनाउन पनि आएको हुँ। अहिले दुई खेल खेले पनि म सबै खेलमा काठमाडौंको सपोर्ट गर्ने छु।
भविष्यमा परिवारको साथ नेपाल आउने विचार गरेको छु।
काठमाडौं किंग्स इलेभेन
सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद सम्सद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शाहिद अफ्रिदी, जनक प्रकाश, रियाल बुल र रहमानुल्लाह गरबज