काठमाडौं– अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मंगलबार बालुवाटारमा प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीले डा. केसीले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता छन्। डा. केसी चिकित्सा शिक्षा सुधार र विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वनयको माग गर्दै विगत २३ दिनदेखि अनशनमा छन्।
सरकारले भने डा. केसीको माग सुनुवाइका लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन। विभिन्न दल, पेसागत संगठन र नागरिक समाजले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाइसकेका छन्।