बिहीबार, वैशाख ३१, २०८३

‘गोवर गणेश’को गीत ‘अमिलो मोई’ सार्वजनिक 

नेपाली चलचित्र ‘गोवर गणेश’को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक भएको छ। 
 |  मंगलबार, असोज २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०७७

काठमाडौं- नेपाली चलचित्र ‘गोवर गणेश’को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक भएको छ। 

National life

नेपाली चलचित्र क्षेत्रमा चलेको एक्सन, कमेडी र सबै खालका अभिनय गर्न गर्ने अभिनेता जय किसन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘गोवर गणेश’को प्रमोसनल गीत ‘अमिलो मोई’ सार्वजनिक भएको हो। 

ल्याण अधिकारीको निर्देशन, बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको  कमेडी, एक्सन चलचित्र ‘गोवर गणेश’को गीतमा अभिनेत्री एलिना रायमाझीले अभिनय गरेकी छिन। 

एलिना चौहान र नीशान भट्टराईको आवाज रहेको गीतमा रिमेश कुमारको संगीत छ।

भोमन कटुवालको कथा रहेको चलचित्रमा पटकथा तथा संवाद भोमन कटुवाल र कल्याण अधिकारीको छ। अनिल कुमार महर्जनको सम्पादन रहेको चलचित्रलाई मोहन कुमार झिल्लुले खिचेका हुन।

हरि कुमार कटुवाल निर्माता रहेको फिल्म चलचित्र घर खुलेलगतै प्रदर्शन गरिने बताइएको छ।  


 

प्रकाशित: Oct 06, 2020| 01:56 मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्