शनिबार, असार ७, २०८२

पञ्जाबी गायक रोहनप्रीतसँग बिहे गर्दै नेहा कक्कर

बलिवुड गायिका नेहा कक्करको बिहेको चर्चा चलिरहेको छ। विभिन्न समयमा बिहेकै प्रसंगले चर्चामा रहने नेहाको यसपटक एक पञ्जाबी गायकसँग बिहे हुने चर्चा भइरहेको छ।
 |  सोमबार, असोज १९, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १९, २०७७

vianetvianet

एजेन्सी- बलिवुड गायिका नेहा कक्करको बिहेको चर्चा चलिरहेको छ। विभिन्न समयमा बिहेकै प्रसंगले चर्चामा रहने नेहाको यसपटक एक पञ्जाबी गायकसँग बिहे हुने चर्चा भइरहेको छ।

चर्चाहरुका अनुसार यही २४ अक्टोबरमा नेहाले पञ्जाबी गायक रोहनप्रीत सिंहसँग बिहे गर्दैछिन्।

रोहनप्रीत सिंह पञ्जाबका चल्तीका गायक हुन्। उनी थुप्रै पटक टेलिभिजन रियालिटी शोहरुमा सहभागी भएका छन्। सन् २०१८ मा आयोजित ‘राइजिङ स्टार–२’ का उनी फस्र्ट रनर–अप हुन्।

१३ वर्षअघि उनी सन् २००७ मा सारेगमपको लिटिल च्याम्पसमा सहभागी उनी आफ्नो आवाजको जादूले त्यतिबेला पनि फस्र्ट रनर–अप बन्न सफल भएका थिए।

सन् २०१७ मा पहिलो गीत ब्याङब्याङ सार्वजनिक गरेका उनले त्यसपछि तकलीफ, पहली मुलाकात, हेल्लो हाईलगायतका चर्चित गीत गाएका छन्।

रोहनप्रीत यस वर्षको रियालिटी टिभी शो ‘मुझसे शादी करोगे’ मा देखिएका थिए। केही समयअघि नेहा र रोहनले एक म्यूजिक भिडियो बनाएका थिए।

जसमा नेहाले हिराको औँठी माग्दै लकडाउनमा बिहे गर्ने प्रस्ताव गरेकी थिइन्। यो भिडियोपछि उनीहरु दुवै जनाका शुभेच्छुकहरुले बिहे गर्न शुभेच्छा प्रकट गरेका थिए।

नेहाको बिहेको चर्चा पटकपटक हुने गरेकाले कतिपय भारतीय सञ्चारमाध्यमहरुले यसपटकको चर्चा पनि चर्चामै सिमित हुने हो कि भन्ने आशंका प्रकट गरेका छन्।

प्रकाशित: Oct 05, 2020| 11:05 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्