शनिबार, साउन १६, २०८३

थप १४७६ मा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १४७६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप १४७६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५५० जना कोरोना संक्रमण मुक्त भएका छन्। नेपालमा आज २० हजार २८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ।

यस्तै सात लाख ५८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। नेपालमा कोरोना संक्रमण हुनेको संख्या ८ लाख ८० हजार १५२ पुगेको छ। शुक्रबारसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा खोप लगाउनेको संख्या ५९ लाख ४६ हजार २२ छ।

प्रकाशित: Sep 24, 2021| 16:45 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्