सोमबार, असार २२, २०८३

ईपीएलका लागि सजाइँदै त्रिवि क्रिकेट मैदान [फोटो फिचर]

प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ। मैदानमा पीच मर्मत पनि अन्तिम चरणमा पुगेको छ भने स्पोन्सरको ब्यानर राख्ने काम भइरहेको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौं- नेपालको सर्वाधिक महँगो क्रिकेट फ्रेन्चाइज लिग शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुँदैछ। 

प्रतियोगिताको तयारी अहिले अन्तिम चरणमा पुगेको छ। मैदानमा पीच मर्मत पनि अन्तिम चरणमा पुगेको छ भने स्पोन्सरको ब्यानर राख्ने काम भइरहेको छ।

एसोसिएट देशको सर्वाधिक ठूलामध्ये पर्ने ईपीएलका लागि पाकिस्तानी पूर्व अन्तर्राष्ट्यि खेलाडी शाहिद अफ्रिदी पनि बुधबार नेपाल आइपुगेका छन्। उनी शनिबारको पहिलो खेलमा ललितपुर प्याट्रिओट्सविरुद्ध मैदान उत्रने भएका छन्। समूह चरणमा एक टिमले पाँच खेल खेल्नु पर्ने भएपनि अफ्रिदीले काठमाडौं किंग्स इलेवेनका लागि दुई खेल मात्र खेल्ने छन्।

प्रतियोगिता यही असोज ९ गतेबाट २२ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ। खेलमा सम्मिलित सबै ६ टिमका खेलाडी आयोजकले गएको मंगलबार नै सार्वजनिक गरिएको छ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका दुई टिमहित देशका ६ सहरबाट ६ फ्रेन्चाइज टिमको सहभागिता छ।

विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स इलेवेन र पोखरा रानोज प्रतियोगिता सहभागी हुनेछन्। 

यो वर्षको प्रतियोगितामा साविक विजेतासमेत रहेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन्। ललितपुरको कप्तानी कुशल भुर्तेलले सम्हाल्नेछन्। 

त्यस्तै, भ्याली टिम काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने छन् भने पोखरा राइनोजको कप्तनी विनोद भण्डारीले गर्ने भएका छन्।

यता चितवनको कप्तानमा बल सोमपाल कामी छन् भने भैरहवाको कप्तान शरद भेषावकर छन्। विराटनगर टिमको खेलाडीको नेतृत्व भने करण केसीले लिनेछन्।

भैरहवा ग्लाडिएटर्स

शरद भेषावकर, आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाश बोहरा, कुशल मल्ल, प्रदिप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर साह, दिपेश श्रेष्ठ, हिमान्सु दत्त, विकास ऐरी, दुर्गेश गुप्ता, तुल बहादुर थापा, मौसम ढकाल, तामिम इक्वाल खान, उपुल थरंगा, धम्मिका प्रसाद र श्रविन कुमार

चितवन टाइगर्स 

सोमपाल कामी, दिलिप सुनार, देव खनाल, हसिम अन्सारी, आदिल खान, खड्क बोहरा, राजेश पुलामी, गौतम केसी, भीम सार्की, इशान पाण्डे, कमल ऐरी, शाहब आलम, सागर ढकाल, मोहम्मद शाहजद मोहम्मदी, करिम जन्नत, सिक्कयग प्रसन्न र विरन्दिप सिंह

पोखरा राइनोज

विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विनिप रावल, लोकेश बहादुर बम, रविन्दर साही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम शोब, नन्दन यादव, देव साह, अर्जुन कुमाल, विपिन कार्की, साहन अर्चिघी, रिकार्ड लेवी, अस्लिया गुणरत्ने र केसरिक विलियम्स

विराटनगर वारियर्स

करण केसी, आसिफ शेख, अनिल कुमार साह, सन्दिप रजाली, सौरव खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिस जिसी, राम नरेश गिरी, बिक्रम कुमार भुषाल, अनिल खरेल, सन्तोष यादव, रियन पठान, चन्दरपौल हेमराज, सिकन्दर राजा र दिल्सन मुनविरा

काठमाडौं किंग्स इलेवेन

सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद सम्सद शेख, दिपेन्द्र रावत, जितेन्द्र मुखिया, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शाहिद अफ्रिदी, जनक प्रकाश, रियाल बुल र रहमानुल्लाह गरबज

ललिपुर प्याट्रिओट्स

ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रशिद खान, शंकर राना, योगेन्दर सिंह कार्की, कुशल भुर्तेल, नारायन जोशी, ललित राजवंशी, आरियाद पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज साह, हजमतुल्लाह आमरजाई, ओशादा फ्रेनन्दो, शान्दुम विककोडी र मिक्यो दोर्जी


 

 

प्रकाशित: Sep 24, 2021| 16:34 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।