आइतबार, जेठ ३, २०८३

इजरायलमा खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

तेल अभिभ (इजरायल)- इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने भएको छ। कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप नलगाएका शिक्षकलाई विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ।

National life

सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी सबैले कोरोनाभाइरस विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने व्यवस्था गरेको छ। 

कोरोनाभाइरस विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै विद्यालय प्रवेश गर्न दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन्। 

विद्यालयमा कोरोनाभाइरसको महामारी नफैलियोस् भन्ने उद्देश्यले खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिने व्यवस्था गरिएको उनीहरूले जनाएका छन्। त्यसैगरी यो निर्णयले सबैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन दवाब सिर्जना गर्ने पनि सरकारी अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। 

सरकारले देशभरि खोप अभियानलाई तीव्रता दिएको छ। विषेश गरेर शिक्षा क्षेत्रका व्यक्तिहरुलाई अहिले खोपका लागि प्राथमिकता दिइएको छ।

प्रकाशित: Sep 24, 2021| 15:27 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्