बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमृतोत्सव गरी ७५ वर्षीय कथाकार रेग्मीलाई गरियो अभिनन्दन

अमृतोत्सव गरी ७५ वर्षीय कथाकार रेग्मीलाई गरियो अभिनन्दन

वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

नेपालगन्ज- वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ। रेग्मीको ७५ औँ जन्मदिनका अवसरमा बाँकेका आठ वटा साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा नेपालगन्जमा आयोजित ‘सनत रेग्मीः अमृतोत्सव’ कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो। बाँकेका सबै साहित्यिक संस्थाहरु मिलेर कार्यक्रम आयोजना गरिएको यो पहिलो पटक हो।

रेग्मीलाई त्रिभुवन विश्वविद्यालयका नेपाली भाषाका प्रा. डा. खगेन्द्र लुइँटेलले सबै साहित्यिक संस्थाहरुका तर्फबाट संयुक्त अभिनन्दन पत्र हस्तान्तरण गरे। 

रेग्मीको कथाकारिता तराईली परिवेश र तराईको आन्चलिकतामा केन्द्रित रहेपनि उनलाई आन्चलिक कथाकार मात्रै भन्नु उपयुक्त नहुने धारणा उनले राखे। नेपाली कथा साहित्यको एक मानक कथाकार नै रेग्मीको असली पहिचान भएको उनको भनाई थियो।

कार्यक्रममा रेग्मीका चुनिएका कथाहरुको संग्रह ‘सनत रेग्मीमा रोजा कथा’ संग्रहको पनि विमोचन गरिएको थियो। उक्त कृतिमा रेग्मीमा ७५ वटा कथाहरु संग्रहित छन्। जसमध्ये ५७ वटा यसअघि प्रकाशित कथासंग्रहमा समावेश भइसकेका र बाँकी फुटकररुपमा प्रकाशित एवं अप्रकाशित कथाहरु रहेका छन्।

रेग्मीका यसअघि लछमनियाको गौना लगायत ९ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन्। रेग्मीको कथासंग्रहका साथै साहित्यकार सृजन लम्सालको निबन्ध संग्रह ‘मृत्यु अधिकार’ पनि कार्यक्रममै विमोचन गरिएको छ। कार्यक्रममा समालोचक लेकप्रसाद प्याकुरेलले सनत रेग्मीको कृतित्व र व्यक्तित्वका विषयमा चर्चा गरेका थिए।

यस्तै, सोही समारोहमा बाँकेका विशिष्ट १० स्रष्टाहरुलाई दीर्घ साधना सम्मान पनि गरिएको छ। अभिनन्दनसहित बाँकेका ७० वर्ष माथिका १० जना स्रष्टालाई दीर्घ साधना सम्मान गरिएको हो। साहित्य, कलालगायत विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएका कृष्णजंग शाह, बबु्रवाहन सिंह, आशाराम मौर्य, सच्चिदानन्द चौवे, अब्दुल लतिफ शौक, भूपेन्द्र प्रकाश शर्मा, सृजन लम्साल, गणेश जीसी, विष्णुलाल कुमाल र दिवाकर शर्मालाई दीर्घ साधना सम्मान गरिएको छ।

साहित्यकार खगेन्द्र गिरी कोपिला र इन्द्र भण्डारी इन्द्रेणीले सम्मानित भएका १० स्रटाका बारेमा प्रकाश पार्दै सम्मानित स्रष्टाहरुले नेपालगन्जको साहित्यकलाको विकासमा दिएको योगादनको थप कदर हुनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपालगन्ज उप(महानगरपालिकाका उपप्रमुख उमा थापामगर, लेखक नरेन्द्रजंग पिटर, समाजसेवी अजितकुमार शर्मालगायतले सम्मानित श्र्रष्टाहरु एवं रेग्मीको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरे। कार्यक्रममा नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला, पूर्व सभापति युवराज शर्मा, बाँके र बर्दियाका विशिष्ट साहित्यकार एवं स्रष्टाहरुको सहभागिता रहेको थियो।

भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सेनाको सभापतित्वमा सम्पन्न कार्यक्रम बाँकेका प्रमुख साहित्यिक संस्थाहरु भेरी साहित्य समाज केन्द्रीय समिति, मध्यपश्चिम स्रष्टा समाज, हाम्रो पूणर्िमा साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश शाखा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी प्रदेश, सर्वदा साहित्य संगम, कल्पना फाउण्डेशन नेपाल र प्रतिभा साहित्य समाजले संयुक्त रुपमा आयोजना गरेका थिए।


प्रकाशित: Sep 24, 2021| 15:08 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।