आइतबार, असार २८, २०८३

चेल्सी र एभर्टनको सानदार जित, सिटी बराबरीमा रोकियो

क्रिस्टल प्यालेसलाई हराउँदै हेविवेट टिम चेल्सीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा सानदार जित निकालेको छ।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– क्रिस्टल प्यालेसलाई हराउँदै हेविवेट टिम चेल्सीले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा सानदार जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा चेल्सीले ४–० को गोलअन्तरले क्रिस्टललाई हराएको हो।

जितका लािग जोर्गिन्होले पेनाल्टीमार्फत् दुई गोल गरे भने बेल चिलवेल र कुर्टज जोउमाले समान १–१ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएकाले सबै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ५० औं मिनेटमा चिलवेलले गोल गर्दै पहिलो हाफमा सुरुवाती अग्रता दिलाए। ६६ औं मिनेटमा जोउमाले गोल गरे।

त्यस्तै ७६ औं मिनेटमा क्रिस्टलका माइकलले चेल्सीका अब्राहमलाई लाडाएपछि पाएको पेनाल्टीको अवसरमा चेल्सीले अर्को गोल थप्यो भने त्यसको तीन मिनेट लगत्तै दोस्रो पेनाल्टी पायो।

अन्तिममा दुई पेनाल्टी पाएको चेल्सीले ४–० गोलको सानदार जित निकालेको हो। दुई जितसहित एक हार र एक बराबरीको सामना गरेको चेल्सी ७ अंकका साथ चौथो स्थानमा छ।

एभर्टनले शनिबार राति नै सम्पन्न अर्को खेलमा ब्राइटोनमाथी ४–२ को जित निकालेको छ। जेम्स रोड्रिग्वेजको दुई गोलको सहयोगमा एभर्टनले जित निकालेको हो।

खेलको १६ औं मिनेटमा डोमिनिक काल्भर्ट लनले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको अन्तिम समयमा यारी मिनाले क्लबका लागि अर्को गोल गरे। रोड्रिग्वेजले ५२ र ७० औं मिनेटमा गोल गर्दै एभर्टनलाई जित जिलाए।

ब्राइटोनका लागि निल माउपी र यभ्स बिसाउमाले समान १–१ गोल गरे।

जितसहित एभर्टन अंकतालिकाको शीर्षस्थानमा छ। उसले ४ खेलबाट १२ अंक बनाएको छ भने पराजित ३ अंकका साथ १४ औं स्थानमा छ।

शनिबार राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ भने न्युकासलले बर्नलीलाई ३–१ गोलले हराएको छ।
 

प्रकाशित: Oct 04, 2020| 00:47 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।