मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : कोरोना संक्रमणबाट १३३ जनाको मृत्यु (कुन जिल्लामा कति?)

प्रदेश २ : कोरोना संक्रमणबाट १३३ जनाको मृत्यु (कुन जिल्लामा कति?)

प्रदेश २ मा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ। 
 |  बुधबार, असोज १४, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, असोज १४, २०७७

जनकपुरधाम– प्रदेश २ मा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ। 

National life

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। 

उनका अनुसार सर्लाहीको बरहथवा नगरपालिका–६ का ६६ वर्षीय पुरुष र सप्तरीको अग्निसाइर कृष्णासावरन नगरपालिका–४ का ३ वर्षीय पुरुषको कोरानाका कारण ज्यान गएको हो। 

कोरोनाका कारण पर्सामा सबैभन्दा बढी ४३ जनाको मृत्यु भएको छ। यस्तै बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १२, सप्तरीमा १५, रौतहटमा ६, सर्लाहीमा सात र एक भारतिय नागरिकको कोराना संक्रमणबाट मृत्यु भएको छ।

प्रदेश २ मा बुधबार थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। 

Laxmi sunrise bank
kumari

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा ४४ पुरुष र ५ महिला गरी ४९ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए। 

प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५२७ पुगेको छ। हालसम्म प्रदेशका दुई हजार १२५ महिला र ११ हजार ४०२ पुरुषमा कोराना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५९७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। तीमध्ये ५०९ पुरुष र ८८ जना महिला छन्। प्रदेशमा कोरानाबाट मुक्त हुनेको संख्या १० हजार ५४२ पुगेको छ। 

प्रकाशित: Sep 30, 2020| 12:49 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।