शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कर्णालीमा भ्रातृ संगठन भताभुंग, तीन वर्षमा पनि बन्न सकेन प्रदेश कमिटी

नेकपा कर्णालीमा भ्रातृ संगठन भताभुंग, तीन वर्षमा पनि बन्न सकेन प्रदेश कमिटी

प्रदेशस्तरीय नेतादेखि कार्यकर्तासम्म पूर्व नेकपा एमाले र माओवादी केन्द्रकै कित्तामा छन्।
 |  बुधबार, असोज १४, २०७७
nespernesper

देव राना

देव राना

बुधबार, असोज १४, २०७७

 

triton college

सुर्खेत– २०७६ माघ ५ गते नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)ले मातृसंस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्लाका संयोजक र सहसंयोजक तोक्यो। नेकपाको निर्णय अनुसार कर्णाली प्रदेशमा पनि २० जना विद्यार्थी नेताहरुले जिम्मेवारी पाए।

जसमध्ये सुर्खेतमा धुपेन्द्र शाही र जगत ढकाल, जाजरकोटमा प्रदिप खड्का र कृष्णबहादुर सिंह, हुम्लामा पैक भण्डारी र पारस धामी, डोल्पामा सुशील बोहोरा र मानव रोकाय, मुगुमा गणेश सिलुवाल र पेमा लामा, दैलेखमा अर्जुनकुमार बुढा र हेमन्त दसौदी, सल्यानमा केशव गिरी र रामबहादुर डिसी, कालिकोटमा मनसिंह शाही र सन्तोष महत्तरा, जुम्ला मिनराज आचार्य र भरत नेपाली, पश्चिम रुकुममा सुशील विष्ट र हुकुम विसी क्रमशः संयोजक र सहसंयोजक तोकिए। 
पार्टीले संयोजक र सहसंयोजक तोकेको आठ महिना बितिसकेको छ। तर अनेरास्ववियूका दश वटै जिल्ला संगठनले पूर्णता पाएका छैनन्। देशको सबैभन्दा ठूलो दलको विद्यार्थी संगठनमा संयोजक र सहसंयोजक बाहेक अन्य विद्यार्थीहरु सामेल छैनन्। पार्टी एकता भएको तीन वर्ष पुगिसक्दा पनि अनेरास्ववियूको प्रदेश कमिटी बन्न सकेको छैन।

गत फागुन ७ गतेमा नेकपा कर्णालीले प्रदेश कमिटीका सबै नेताहरुलाई जिम्मेवारी फाँडफाँड गर्ने निर्णय गर्यो। गाउँगाउँमा पार्टीका आन्तरिक गतिविधिहरु चलायमान गराउने र सदस्य संख्या टुङ्याउने गरी प्रदेश सदस्यहरुलाई जिम्मेवारी दिने निर्णय गर्यो। तर त्यो निर्णय झण्डै सात महिनापछि अर्थात असोजमा मात्रै कार्यान्वयन भयो।

नेकपाले असोजको पहिलो साता १११ जना प्रदेश सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेको छ। प्रदेश कमिटीका १७७ जनामध्ये १११ जनाले जिल्ला निर्वाचन क्षेत्र र स्थानीय तहका इन्चार्ज सहइन्चार्ज जिम्मेवारी पाएका छन्। अध्यक्ष र सचिव बाहेक बाँकी ६४ जना नेताहरुले भने अझै जिम्मेवारी पाएका छैनन्।

Metro Mart
vianet

उल्लेखित दुई घटनाले नेकपा कर्णाली प्रदेशको वास्तविकता चित्रण गर्छन्। यी त प्रतिनिधिमूलक घटनामात्रै हुन्। केन्द्रमा नेकपा भित्र देखिएको विवादका कारण जिल्ला र प्रदेश संगठनहरु अधुरै छन्।

पार्टीका लागि शक्तिशाली संगठन मानिने विद्यार्थी, महिला र राष्ट्रिय युवा संगठन लगायतका भातृ संस्थाहरुको प्रदेश कमिटी निर्माण भएको छैन। जिल्लाका अधिकांश मातृ संगठनले पनि पूर्णता पाएको छैन। प्रदेश, जिल्ला हुँदै वडासम्मका संरचनाहरु अधुरै छन्। जिम्मेवारी नपाउँदा यसअघि दुई पार्टी हुँदा सक्रिय कार्यकर्ताहरु निस्कृय बनेका छन्।

नेकपा प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी भने केन्द्रले कार्यकर्ताको जिम्मेवारी टुङ्गो लाग्न नसक्दा अधिकांश प्रदेशस्तरीय भातृ संगठनहरु बन्न नसकेको बताउँछन्। ‘पार्टीको केन्द्रीय कमिटी भित्रको विवादकै कारण जनबर्गिय संगठनको एकता टुङ्गो लगाउन सकेको छैन,’ अध्यक्ष बोगटीले भने, ‘पार्टीले जिम्मेवारी दिन वित्तिकै सबै कमिटीले पूर्णता पाउँछन्।’

केन्द्रमा दुई अध्यक्षले पार्टीको आन्तरिक कामलाई पूर्णता दिएको खण्डमा असोज महिनाभित्रै जनबर्गिय संगठनहरुको प्रदेश कमिटी टुङ्गो लाग्ने उनको दाबी छ। ‘जिम्मेवारी मात्रै नपाएका हुन्, पार्टीका सबै कार्यकर्ताहरु आन्तरिक रुपमा कार्यकर्ताहरु सक्रिय छन्’ उनी दाबी गर्छन् ‘प्रदेशसम्मका कार्यकर्ताहरु पार्टी र सामाजिक कार्यमा सक्रिय भएर लागेका छन्।’

यस्तै पार्टी एकता भएको लामो समयसम्म पनि पार्टी सदस्यताको विषय टुङ्गिएको छैन। तर प्रदेश अध्यक्ष बोगटी भने असोजभित्र पार्टी सदस्यता टुङ्गाउने दाबी गर्छन्। पार्टी एकीकरण भएको लामो समय हुँदा पनि नेता कार्यकर्ताबीच अन्तरघुलन हुन सकेको छैन।

प्रदेशस्तरीय नेतादेखि कार्यकर्तासम्म पूर्व नेकपा एमाले र माओवादी केन्द्रकै कित्तामा छन्। परिणामतः देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपाको आन्तरिक गति भने कछुवाको चाल जस्तै छ।

प्रकाशित: Sep 30, 2020| 03:26 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।