बुधबार, चैत ४, २०८२

रतुवामाईमा पुल एकातिर, खोलो अर्कैतिर

मोरङको रतुवामाईबाट गौरीगञ्ज बजारसम्म पुग्न लाग्ने समय १० मिनेट हो। वर्षायाममा भने सोही ठाउँ पुग्न ३ घण्टा लाग्ने गरेको छ। 
 |  शनिबार, असोज १०, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, असोज १०, २०७७

विराटनगर- मोरङको रतुवामाईबाट गौरीगञ्ज बजारसम्म पुग्न लाग्ने समय १० मिनेट हो। वर्षायाममा भने सोही ठाउँ पुग्न ३ घण्टा लाग्ने गरेको छ। 

National life

यही समस्या समाधानका लागि १२ वर्षअघि देखि निर्माण सुरु गरिएको रतुवाखोलाको पुल गत वर्ष मात्रै सम्पन्न भयो। हिउँदको समयमा पुल निर्माण सम्पन्न हुँदा स्थानीयमा निकै खुसी छायो तर बर्खा लागेसँगै त्यो खुसी टिक्न सकेन।

पुल निर्माण भएपछि खोलाले धार परिवर्तन गरेर अर्को बाटो हिँड्यो। 
महादेवाचोक पूर्वबाट रतुवा खोलाको बाटो हिउँदमा वारपार गर्न सके पनि बर्खालागे सँगै ठप्प हुने गरेको छ। पुल नहुँदा प्रत्येक वर्षा याममा स्थानीयबासी भारतको फुडबडीया वा झपाको दमकहुँदै घण्टौँ लगाएर गौरीगञ्ज बजार पुग्नु पर्दछ।  

स्थानीय नारायण ताजपुरियाले रतुवाखोलामा पुल बने पनि सञ्चालन हुन नसक्दा समस्या जस्ताको त्यस्तै भएको बताए।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख सिनियर डिभिजनल इञ्जीनियर रमेशकुमार सिंहले पुल थप्ने वा अहिलेकै पुललाई सञ्चालन योग्य बनाउने भन्ने विषयमा नीतिगत निर्णय भए समस्या समाधानका लागि सहज हुने बताए। उनले भने ‘पुललाई सञ्चालन गर्ने वा थप्ने भन्ने विषयमा नीतिगत निर्णय नहुँदा समस्या भएको हो।’ 

सुनसरी–मोरङ पुल आयोजनाले रतुवा खोलामा पुल निर्माणका लागि आ.ब. २०६४–०६५ मा काठमाडौंको कालिका ओएसिस जेभीलाई ठेक्का दिएको थियो। १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर पुल ९ करोडमा सम्पन्न गरेको निर्माण कम्पनीले जनाएको छ।

Laxmi sunrise bank
kumari

पुलको लम्बाइ भन्दा खोलाको चौडाई ठूलो भएकाले निर्माण कम्पनीले एप्रोच रोड र च्यानेलाइजको काम नसकी छाडेको थियो। पुल सञ्चालनका लागि सडक विभागले आयोजनालाई आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। तर आयोजनाले विभागको निर्देशनअनुसार काम नगर्दा पुल प्रयोगििहन अवस्थामा पुग्यो। 

पुलको समस्याले मोरङको सिजुवा, इटहरा, झुर्किया, महादेवा तथा झापाका गौरीगञ्ज, खजुरगाछी, कोहबरा, कोरोबारी लगायतका बासिन्दालाई बर्षायाममा बढी समस्या हुँदै आएको छ।

प्रकाशित: Sep 26, 2020| 11:40 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।