शनिबार, भदौ १३, २०८३

काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटीको जित

जारी काराबाओ कपअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुलले सानदार जित निकालेको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- जारी काराबाओ कपअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुलले सानदार जित निकालेको छ। उसले लिंकन सिटीविरुद्ध ७-२ गोलअन्तरको जित निकालेको हो।

प्रिमियर लिगको खेलमा सहभागी अधिकांश खेलाडीलाई रेस्ट दिएर अन्य खेलाडी उतारेको खेलमा उसले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो।

खेलमा जेर्दन सारिक्विले नवौं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। त्यस्तै, ताकुमि मिनमिनोले १९ औं मिनेटमा अग्रतालाई दोब्बर बनाउँदा कर्टिस जोन्सले ३२ औं र २६ औं मिनेटमा लगातार गोल गर्दै लिभरपुललाई चार गोलको अग्रतासम्म पुर्याए।

दोस्रो हाफमा पनि लिभरपुलले तीन गोल थप्यो। मिनमिनोले ४६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे भने मार्को गर्जिकले ६५ औं मिनेटमा गोल गरे। लिभरपुलका लागि अन्तिम गोल डिभोक ओरिगीले गरे।

यता लिंकनका लागि टायो इडन र लेविस मोन्ट्स्माले सान्त्वना गोल गरे।

अब लिभरपुलले चौथो चरणमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै बिहीबार राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथलाई २-१ गोलअन्तरले हराएको छ। सिटीका लागि लियम डेलाप र फिल फोडेनले समान १–१ गोल गरे भने बर्नेमाउथका साम सुरिड्जेले एक गोल गरे।
 

प्रकाशित: Sep 25, 2020| 02:06 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।