शनिबार, भदौ १३, २०८३

सेभियालाई हराउँदै सुपर कपको उपाधि बायर्नलाई

जर्मन कप, बुन्डेसलिगा र च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं – जर्मन कप, बुन्डेसलिगा र च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ। उसले युरोपा लिग विजेता सेभियालाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो।

जितका लागि बायर्नका लियोन गोरेट्जका र जावी मार्टिनेजले गोल गरे। खेलको ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले दिएको पासलाई उपयोग गर्दै गोरेट्जकाले गोल गरे।

पेनाल्टी गोलबाट सेभियाका लुकास ओकाम्पोसले १३औं मिनेटमै अग्रता बनाएसँगै पहिलो हाफमा १–१ गोलको बराबरी भएको थियो।

दोस्रो हाफमा भने कुनै गोल सम्भव भएन। गोल नभएपछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो। थपिएको समय अन्तर्गत १०४औं मिनेटमा मार्टिनेजले निर्णायक गोल गर्दै बायर्नलाई जिताए।

यरोपको शीर्ष फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिगको विजेताले सुपर कपमा प्रतिस्पर्धा गर्दछन्। 

जहाँ जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। 

त्यस्तै, इटालियन क्लब इन्टर मिलानलाई हराउँदै स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधि जितेको थियो।
 

प्रकाशित: Sep 25, 2020| 01:04 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।