आइतबार, असार २८, २०८३

कोहलीले दुई क्याच छोडेपछि आईपीएलमा राहुलको पहिलो शतक

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा किंग्स इलेवन पञ्जावका कप्तान केएल राहुलले पहिलो शतक प्रहार गरेका छन्।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा किंग्स इलेवन पञ्जावका कप्तान केएल राहुलले पहिलो शतक प्रहार गरेका छन्।

उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध १८.२ ओभरमा डेल स्टेनको बललाई चौका प्रहार गर्दै शतक पूरा गरे।

यो आईपीएलमा पहिलो शतक लगाए पनि उनको टी–२० मा चौथो शतक हो। उनले शतक बनाएपछि थप ३२ रन जोड्दै अविजित १३२ रनको अर्धसतकिय पारी खेले। उनले आईपीएलमा दुई हजार रन पनि पूरा गरे।

राहुलले १४ चौका र ७ छक्का लगाउँदै सो रन बनाए। डेविड वार्नरको १२६ रनको सर्वाधिक रनलाई पछि पारेका छन्। राहुललाई किंग्स इलेवेन पञ्जाबले ११ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो।

प्रतियोगितामा टस हारेर फिल्डिङ गरेको बैंग्लोरका कप्तान विराट कोहलीले राहुललाई दुई पटक जिवन दान दिएका छन्। कोहलीले १७ औं र १८ औं ओभरमा क्याच मिस गरेर जिवन दान दिएका थिए।

फिल्डिङमा उत्कृष्ट मानिएका कोहलीले लगातार दुर्ई ओभरमा दुई क्याच मिस गरे।

यता राहुलको टिम पञ्जावले भने दोस्रो १९ औं ओभरमा २६ रन बनाएको थियो। त्यही ओभरको दोस्रो बलबाट उनले सतक पूरा गरे।

पहिलो इनिङमा २०६ रन बनाउँदै पञ्जावले बैंग्लोरलाई २०७ रनको लक्ष्य दिएको छ।

खेलमा मायंक अग्रवालले २६ रन बनाए भने निकोलस पुरनले १७ रन बनाए। त्यस्तै करुन नैरले अविजित १५ रन बनाए।

त्यस्तै, बैंग्लोरका तर्फबाट शिवम् दुवेले २ विकेट लिए भने युजेवन्द्र चहलले एक विकेट लिए।
 

प्रकाशित: Sep 24, 2020| 16:24 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।