काठमाडौं– १३ औं संस्करणको आईपीइलको छैटौं खेलमा आज किंग्स इलेवेन पञ्जावले रोयल ल्यालेन्जर्स बैंग्लोर (आरसीबी)को सामना गर्दैछ। नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेल दुबई रंगशालामा हुनेछ।
आईपीएलकै महँगा कप्तान विराट कोहली लिगमा सबैभन्दा धेरै रन बनाउने खेलाडीसमेत हुन्। उनले ५४१२ रन बनाएका छन्। उनको प्रदर्शन आज केन्द्रमा रहनेछ। उनीसँग खेलको जिम्मेवारी अलराउन्डर म्याक्सवेलले पनि साझा गर्नेछन्।
आरसीबीमा विराटका साथ ११ करोड भारुमा अनुबन्ध भएका एबी डिविलियर्स र आरोन फिन्चजस्ता ब्याट्मेन पनि छन्। उसलाई बलिङमा युजेवन्द्र चहल र उमेश यादवले साथ दिनेछन्।
यता पञ्जावमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने र शतक बनाउने खेलाडी क्रिस गेल छन्। जहाँ उनले ३२६ छक्का र ६ शतक प्रहार गरेका छन्। गेलका अलावा कप्तान लोकेश राहुललाई अधिक जिम्मेवारी हुनेछ।
पञ्जावका खेलाडी रवि बिश्नोई पनि खेलमा आउन सक्नेछन्। उनले अघिल्लो खेलमा दिल्लीविरुद्ध पञ्जावलाई सुपर ओभरसम्म पुर्याउन ४ ओभरमा २२ रन दिएर एक विकेट लिएका थिए।
आजको खेलमा थप २ रन बनाउन सके पञ्जावका कप्तान राहुलले आईपीएलमा दुई हजार रन पूरा गर्नेछन्। त्यस्तै, आरसीबीका डेल स्टेनले ३ विकेट लिन सके आईपीएलमा सय विकेट लिने १५ औं खेलाडी बन्नेछन्। यि दुई खेलाडीलाई पनि आजको खेलमा महत्वका साथ हेरिएको छ।
हेड–टु–हेड
पञ्जाव र बैंग्लोरबीच आईपीएलमा बराबरीको नजिता छ। २४ खेलमध्ये दुवै टिमले समान खेल जितेका छन्। त्यसैले आजको खेल ५०–५० को अवस्थामा हुनेछ।
तर, पछिल्लो दुई सिजनमा भने पञ्जावले बैंग्लोरविरुद्ध जित निकाल्न सकेको छैन। यो सिजन यूएईको फरक वातावरण र मैदानमा भइरहेको छ। दुवैमा यि दुई टिमबीच यसपहिले पनि एक खेल भएको छ। उक्त खेल पञ्जावले जित निकालेको थियो।
त्यस्तै, दुवै टिमले यो सिजनको पहिलो खेलमा जित निकालेका छन्। पञ्जावले दिल्लीलाई हराएको थियो भने बैंग्लोरले हैदराबदलाई हराएको थियो।
आईपीएलको पूरा इतिहास हेर्ने हो भने बैंग्लोर तीन पटक फाइनल पुगेको छ भने पञ्जाव एक पटक फाइनल पुगेको छ। दुवै टिमले आईपीएलको उपाधि भने जित्न सकेका छैनन्।
मैदान र मौसम
दुवै खेलका दौरान मौसम सफा रहनेछ भने तापक्रम २७ देखि ४१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। पीचबाट ब्याट्सम्यानलाई सहयोग पुग्न सक्नेछ।
दुवैमा स्लो विकेट भएकाले स्पिनर्सलाई पनि सहयोग पुग्नेछ। त्यसैले टस जित्ने टिमले ब्याटिङ गर्न मन पराउनेछ।
आईपीएलमा आरसीबीको सफलता ४७.०४ प्रतिशत छ भने पञ्जावको ४६.०४ प्रतिशत छ।
सम्भावित प्लेइङ इलेवेन: बैंग्लोरः विराट कोहली (कप्तान), आरोन फिन्च, देवदत्त पोडिकल, एबी डिविलियर्स, जोस फिलिप, शिवमु दुवे, बाशिंटन सुन्दर, क्रिस मोरिसन, नवदिप सैनी, उमेश यादव, युजवेन्द्र चहल
पञ्जावः लोकेश राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, सफराज खान, क्रिस गेल, ग्लेन म्याक्सवेल, कृष्णप्पा गौतम, क्रिस जोर्डन, शेल्डन कोटरेल, रवि बिश्नोइ र मोहम्मद शामी