आइतबार, असार २८, २०८३

चेल्सीको सानदार जितमा हाभर्टजको ह्याट्रिक

इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा बुधबार राति सम्पन्न खेलमा चेल्सीले ६–० गोलको सानदार जित निकालेको छ। उसले च्याम्पियनसिप टिम बर्नस्लीविरुद्ध सानदार जित निकालेको हो।
 |  बिहीबार, असोज ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ८, २०७७

काठमाडौं- इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा बुधबार राति सम्पन्न खेलमा चेल्सीले ६–० गोलको सानदार जित निकालेको छ। उसले च्याम्पियनसिप टिम बर्नस्लीविरुद्ध सानदार जित निकालेको हो।

यही समरमा जर्मन क्लब लिभरकुसनबाट इंग्ल्यान्ड पुगेका कइ हभट्र्जले आफ्नो तेस्रो खेलमै ह्याट्रिक गरे। ह्याट्रिक गरेसँगै उनले जितका लागि अझै भोको रहेको बताए।

हाभर्टजले खेलको २८, ५५ र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। ह्याट्रिक पुरा गर्न मेसन माउन्टले एक र अब्राहम केभिन दुई पास उपलब्ध गराएका थिए।

यसबाहेक चेल्सीका लागि अब्राहमले नै पहिलो हाफमा एक गोल गरे भने दोस्रो हाफमा रोज बार्कले र ओलिभर जिराउडले गोल गरे। पहिलो हाफमा २ गोलले अघि रहेको टिमले जिरउडको अन्तिम गोलसँगै ६-० को सानदार जित निकालेको हो।

अब चेल्सीले अर्को चरणमा टोटेनहम हट्स्पुर र लिटन ओरिएन्टको विजेतासँग खेल्नेछ।

काराबाओ कपमा गएराति सम्पन्न अन्य खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोलले हराएको छ।
 

प्रकाशित: Sep 24, 2020| 03:35 बिहीबार, असोज ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।