सोमबार, असार २२, २०८३

एसियाली टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै

२५ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं – २५ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार कतारको दोहा प्रस्थान गर्दैछ।

सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म हुने प्रतियोगितामा पुरुषतर्फ पुरुषमा श्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन्। 

महिलामा एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा छन्। खेलाडीले विभिन्न ७ स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ।

टोली नेतामा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य, प्रशिक्षकमा मुख्य प्रशिक्षक सन्जिव ढुंगेल र शंकर गौतम तथा निर्णायकमा तेजेन्द्रसिंह महरा रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच विदाई गरेका हुन्। 

प्रकाशित: Sep 23, 2021| 18:18 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।