सोमबार, असार २२, २०८३

पछिल्लो संस्करणको हार बिर्सिने पोखरा राइनोजको लक्ष्य

यही असोज ९ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालकै महँगो क्रिकेट फ्रेन्चाइज इभरेस्ट प्रिमियर लिग (ईपीएल) सुरु हुँदैछ। ईपीएलको लागि आफ्नो तयारी पूरा भएको क्लबका मुख्य प्रशिक्षक उमेश पटवालले जानकारी दिएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– यही असोज ९ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालकै महँगो क्रिकेट फ्रेन्चाइज इभरेस्ट प्रिमियर लिग (ईपीएल) सुरु हुँदैछ। ईपीएलको लागि आफ्नो तयारी पूरा भएको क्लबका मुख्य प्रशिक्षक उमेश पटवालले जानकारी दिएका छन्।

उसले पछिल्लो सिजनका पाँचै खेलमा जित निकाल्न सकेन। लिगमा सबैभन्दा खराब नतिजाका साथ बाहिरिएको पोखरा राइनोजले यो वर्ष भने निकै राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको आएको प्रशिक्षक पटवाल बताउँछन्।

पटवाल यसअघि नेपाली पुरुष क्रिकेट टिम सम्हालिसकेका प्रशिक्षक हुन्। उनी पोखराको टिममा ब्याटिङ प्रशिक्षकका रुपमा छन्। त्यस्तै,  गएको सिजनमा मार्की खलाडीका रुपमा रहेका शक्ति गौचनलाई भने टिमले यो वर्ष बलिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।

त्यस्तै, क्लबका फिल्डिङ प्रशिक्षकका रुपमा रिजन प्रजु रहेका छन्। उनले यो सिजनको ईपीएलमा पोखराको फिल्डिङ पछिल्लो सिजनको तुलनामा निकै गुणस्तरीय रहने बताएका छन्। उनले भने, ‘पछिल्लो सिजनहरुमा फिल्डिङमा धेरै मिस भएको थियो। यो वर्ष सुधार हुनेछ।’

यता मुख्य प्रशिक्षक पटवालले पोखरालाई यो वर्षको च्याम्पियनको रुपमा हेरेको बताएका छन्। ‘मैले पोखरालाई च्याम्पियन टिमको रुपमा हेरेको छु। सोचेजस्तै हामी निकै कडा मेहनत गर्नेछौं। टिम केही सिनियर र धेरै युवा खेलाडीले बनेको छ। टिमसँग काम गर्न उत्साहित छु,’ पोखराका मुख्य प्रशिक्षक पटवालले भने,‘श्रीलंका र दक्षिण अफ्रिकाको अनुभवी खेलाडी हामीसँग हुनेछन्। यो राम्रो कम्बिनेसन हुनेछ।’

त्यस्तै, दुई सिजन टिमको कप्तानी गरिसकेका र अहिलेका बलिङ प्रशिक्षक गौचन यसअघिको सिजनमा मार्की खेलाडीको रुपमा थिए। ‘अहिले बलिङ प्रशिक्षकको जिम्मेवारी पाएको छु। हाम्रो मिश्रित टिम छ। मैले बलिङमा राम्रो रिजल्ट दिने विश्वास गरेको छु।’

यो वर्ष पोखरा राइनोजको कप्तानी राष्ट्रिय टिमका विकेटकिपर विनोद भण्डारीले गर्नेछन्। उनले पछिल्लो सिजनको नतिजालाई विर्सिएर यो वर्ष चाहिँ च्याम्पियन बन्नका लागि खेल्ने बताए। ‘टिम सन्तुलित देखिएको छ,’ उनले भने, ‘राष्ट्रिय टिमबाट आएको हामी तीन खेलाडी आजबाट मात्र टिममा जोडिएका छौं। तर, टिमका अन्य खेलाडीले अघिबाटै अभ्यास गरिरहेका छन्। हामीले एक अर्कालाई जानेकै भएर गाह्रो हुनेछैन।’

विदेशी खेलाडीहरुसँग पनि केही दिन सँगै बिताएपछि टिममा घुलमिल हुने बताएका छन्। उनले स्वदेशका केही खेलाडी परिवर्तन हुनुका साथै बाहिरका पनि उत्कृष्ट खेलाडी आएकाले यो वर्ष शीर्ष दुई स्थानसम्मको लक्ष्य राखेको कप्तान भण्डारीले बताएका छन्।

पोखरा राइनोजको टिम

विनोद भण्डारी, सुनिल धमला, रित गौतम, विपिन रावल, लोकेशबहादुर बम, रविन्द्र साही, विवेक कुमार यादव, सुशन भारी, किशोर महतो, विक्रम शोब, नन्दन यादव, देव साह, अर्जुन कुमाल, विपिन कार्की, साहन अर्चिघी, रिकार्ड लेवी, अस्लिया गुणरत्ने र केसरिक विलियम्स

प्रकाशित: Sep 23, 2021| 18:14 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।