सोमबार, असार २२, २०८३

राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्रले ईपीएल नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आगामी ९ तारिखबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) नेखेल्ने भएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आगामी ९ तारिखबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) नेखेल्ने भएका छन्।

तेस्रो संस्करणको ईपीएलको फ्रेन्चाइज टिम ललितपुर प्याट्रिओट्सको कप्तानी गरेका मल्लले व्यक्तिगत कारण देखाउँदै यो वर्षको लिग नखेल्ने भएका हुन्।

‘केहि व्यक्तित कारणले मैले ईपीएल गुमाउने भएको छु। मलाई लाग्छ मेरो अनुपस्थितिले टिममा कुनै परिवर्तन हुनेछैन,’ ज्ञानेन्द्रले भनेका छन्, ‘ललितपुको टिमको हिस्सा हुन पाउँदा खुसी छु। र, टिमले राम्रो गरोस् भन्ने  सुभकामना दिन चाहन्छु।’

उनले आउँदो प्रतियोगितमा आफूले सय प्रतिसत दिन नसक्ने भन्दै आफ्नो नाम फिर्ता लिएको क्लबले जनाएको छ। यता भर्खरै मात्र अन्तर्राष्टिय  क्रिकेटबाट सन्यास लिएका पारख खड्काले घरेलु क्रिकेट खेल्ने इच्छा रहेको बताए पनि उनले ईपीएल नखेल्ने बताइसकेका छन्।

ईपीएल असोज ९ देखि २२ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ।

ललिपुर प्याट्रिओट्सको टिम

सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रशिद खान, शंकर राना, योगेन्दर सिंह कार्की, कुशल भुर्तेल, नारायन जोशी, ललित राजवंशी, आरियाद पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज साह, हजमतुल्लाह आमरजाई, ओशादा फ्रेनन्दो, शान्दुम विककोडी र मिक्यो दोर्जी ।

प्रकाशित: Sep 23, 2021| 18:12 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।