सोमबार, असार २२, २०८३

नेपाल आइपुगे पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी

आसन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि पाकिस्तानी पूर्व राष्ट्रिय स्टार खेलाडी साहिद अफ्रिदी नेपाल आइपुगेका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– आसन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि पाकिस्तानी पूर्व राष्ट्रिय स्टार खेलाडी साहिद अफ्रिदी नेपाल आइपुगेका छन्। उनी आज बिहीबार साढे तीन बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। 

उनले नेपालमा खेल्न निकै उत्साहित रहेको पनि बताएका छन्। ‘म नेपाल र नेपाली क्रिकेटको सपोर्ट गर्दछु,’ उनले नेपालमा ओर्लिएपछि भने, ‘म यहाँबाट दुई खेल खेल्नेछु र फर्किने छु।’

अब अफ्रिदीले काठमाडौं किंग्स इलेवेनबाट ईपीएल खेल्नेछन्। उनले काठमाडौंमा अनुबन्ध भएपछि भनेका थिए, ‘मेरो पहिलो नेपाल भ्रमण हो, निकै उत्साहित छु। मैले नेपाली क्रिकेट धेरै नजिकबाट चिनेको छैन। पिच र खेलको अवस्था हेरेर छक्का हान्छु।’ ’

इपीएलको यो संस्करण यही असोज ९ बाट २२ गतेसम्म टियू क्रिकेट मैदानमा हुँदैछ।

काठमाडौं किंग्स इलेवेनको टिम

सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद सम्सद शेख, दिपेन्द्र रावत, जितेन्द्र मुखिया, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रियाल बुल र रहमानुल्लाह गरबज

प्रकाशित: Sep 23, 2021| 17:36 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।