शुक्रबार, भदौ ५, २०८३

कांग्रेस महाधिवेशन मंसिरमा हुन्छ भनेर ढुक्कले भन्न सकिएन : गगन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताएका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योल भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा अन्योल बढ्दै गएको बताएका हुन्। बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए।

आगामी मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उनले बताए। पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पूरा नगरी जवाफदेहिता बिनाको राजनीति गरिएको उनले टिप्पणी गरे।

नेता थापाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संसद्सँग घृणा जागेका कारण संसद्मा अवरोध सिर्जना गर्ने गरेको बताए। संसद्प्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए।

नेता थापाले प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण सांसदहरुले बजेटको विषयमा बोल्न नपाएको उल्लेख गरे। एमालेको अवरोधले सांसदहरुले संसद्मा आफ्नो भूिमकासमेत निर्वाह गर्न नपाएको उनको गुनासो छ। एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाइ छ । 


प्रकाशित: Sep 23, 2021| 17:30 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...