शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक बालुवाटारमा, मन्त्री हेरफेरको मापदण्ड बनाइने  

नेकपाको सचिवालय बैठक बालुवाटारमा, मन्त्री हेरफेरको मापदण्ड बनाइने  

नेताहरुका अनुसार आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफल हुनेछ । 
 |  मंगलबार, असोज ६, २०७७
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ६, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ। 

sagarmatha cement

मध्यान्न साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा मन्त्री हेरफेरको मापदण्ड र राजनीतिक नियुक्तिका विषयमा छलफल हुनेछ । 

सोमबार तत्कालीन माओवादीको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक स्थगित गरेर आज बालुवाटारमा बस्न लागेको हो । 

आइतबार  पेरिसडाँडामा बसेको बैठकमा पनि मन्त्री हेरफेर र त्यसको मापदण्डका विषयमा छलफल भएको थियो । उक्त विषयमा सोमबार दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । 

नेताहरुका अनुसार आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफल हुनेछ । 

worldlink

आइबारको बैठकमा मन्त्री हेरफेरको तीन मोडलमा छलफल भएको थियो ।

पहिलो, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूको राजीनामा, दोस्रो, दुई वर्ष कार्यकाल पूरा गरेकाहरूको बिदाइ र तेस्रो, कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेका मन्त्रीहरूलाई बिदाइ गरेर पुनर्गठन गर्नुपर्ने विकल्प प्रस्तुत भएको थियो । 

यस्तै दोस्रो एजेन्डा राजनीतिक नियुक्तिबारे पनि आज छलफल हुनेछ । १३ संवैधानिक आयोगमध्ये विभिन्न ४१ पद रिक्त छन् ।
 

प्रकाशित: Sep 22, 2020| 04:09 मंगलबार, असोज ६, २०७७
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

जसको सहारा सेतो छडी बनेको थियो

जसको सहारा सेतो छडी बनेको थियो

घरभित्र अथवा बाहिर हिँडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा  होलान् सहज अनुमान गर्न सकिन्छ।