शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सानेपामा जात्रा : आफ्नै नेता-कार्यकर्तालाई गुण्डागर्दीको आरोपदेखि कारबाहीको मागसम्म

सानेपामा जात्रा : आफ्नै नेता-कार्यकर्तालाई गुण्डागर्दीको आरोपदेखि कारबाहीको मागसम्म

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार एकै विषयमा दुई समूहले फरक–फरक मागसहित प्रदर्शन गरेका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार एकै विषयमा दुई समूहले फरक–फरक मागसहित प्रदर्शन गरेका छन्। विषय थियो– सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लखेन्द्र महतोमाथि भएको हातपातको आरोप।  

क्रियाशील सदस्यता विवाद भइरहेका बेला मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीकै नेता तथा प्रदेश नम्बर २ का महिला, बालबालिका, खेलकुद तथा युवा मन्त्री वीरेन्द्रप्रसाद सिंहले हातपात गरेपछि त्यसको विरोध भइरहेको थियो। त्यसकै विरोधस्वरुप नेता अमरेशकुमार सिंहको नेतृत्वमा धर्ना दिइयो।

संस्थापन इतर समूहका नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला धर्नामा ऐक्यवद्धता जनाउन सानेपा पुगे। कोइरालाले पार्टी कब्जा गर्ने हिसाबले भइरहेका गुण्डागर्दी कदापि स्वीकार्य नहुने बताए। ‘पार्टी कब्जा गर्ने हिसाबले जिल्ला–जिल्लामा नेताहरुले गुन्डागर्दी देखाइरहनु भएको छ, यो नेकालाई कदापि स्वीकार्य हुँदैन,’ उनले भनेका थिए, ‘गुन्डागर्दी गर्ने यस्ता तत्व जिल्ला–जिल्लामा परास्त हुन्छन् भन्नेमा म विश्वस्त छु। शान्तिपूर्ण आन्दोलन गर्नुस्। संयमित ढंगले गरिने यो आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ।’  

संस्थापन इतर समूहको धर्ना कार्यक्रम सकिएको एक घण्टा नबित्दै हातपात गरेको आरोप लागेका मन्त्री सिंह दलबल सहित सानेपा पुगे। संस्थापन समूहका नेता–कार्यकर्ताले अमरेशकुमार सिंहलाई कारबाही गर्नुपर्ने माग राखेका छन्। झण्डा र प्लेकार्डसहित सानेपा पुगेका उनीहरुले सिंहलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र पनि बुझाएका छन्। मन्त्री सिंह पार्टीको काम लिएर सानेपा पुग्दा सुनियोजित रुपमा १०–१२ जनाको समूहले अमरेशकुमार सिंहको उक्साहटमा दुर्व्यवहार भएको उनीहरुको आरोप छ।

प्रकाशित: Sep 23, 2021| 16:36 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...