शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीको पहिलो माग जुम्लामा एमबीबीएस, प्रतिष्ठान भन्छ– पढाउन तयार छौं

डा. केसीको पहिलो माग जुम्लामा एमबीबीएस, प्रतिष्ठान भन्छ– पढाउन तयार छौं

यदि सरकारले डा. केसीको यो मागलाई सम्बोधन गरेको खण्डमा जुम्लामा एमबीबीएस अध्ययन सुरु सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।
 |  सोमबार, असोज ५, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, असोज ५, २०७७

सुर्खेत– चिकित्सा क्षेत्र सुधारका विभिन्न माग राख्दै जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको पहिलो नम्बरको माग हो– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने ।’ यो माग आम कर्णालीवासीको पनि हो ।

triton college

यदि सरकारले डा. केसीको यो मागलाई सम्बोधन गरेको खण्डमा जुम्लामा एमबीबीएस अध्ययन सुरु सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।

‘अबको चार महिनाभित्रै जुम्लामा एमबीबीएस कक्षा सञ्चालन गर्न सकिन्छ। भौतिक पूर्वाधार, पाठ्यक्रम र जनशक्ति व्यवस्थापन भइसकेको छ,’ प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने, ‘सरकारले डा. केसीका माग सम्बोधन गरोस्, हामी जुम्लामा एमबीबीएस कक्षा चलाउन तयार छौँ ।’ एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानले गत वर्ष नै पाठ्यक्रम पारेको छ भने कक्षा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार भाडामा लिइसकेको छ।

‘प्राक्टिकलको लागि ३ सय बेडको आफ्नै हस्पिटल छ, क्लिनिकलका लागि बिरामीको अभाव छैन,’ काफ्लेले भने, ‘बेसिक साइन्सतर्फ ११ जना र क्लिनिकलतर्फ ४१ जना प्राध्यापक नियुक्त गरिसकेका छौं। हामीलाई एमबीबीएस अध्ययनका लागि कुनै समस्या छैन ।’

क्लिनिकलतर्फ आवश्यक पर्ने झण्डै थप १२ जना प्राध्यापकको पदपूर्तिका लागि दरखास्त आह्वान गरिसकिएको काफ्लेले बताए । ‘एमबीबीएस सञ्चालनका लागि क्लिनिकलतर्फ अपुग पदपूर्ति गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने। क्लिनिकिल शिक्षाको जुम्लास्थित शिक्षण अस्पताल र सुर्खेतको प्रदेश अस्पतालबाट सेवा लिने बिरामीको संख्या पर्याप्त भएको उनको भनाइ छ ।

Metro Mart
vianet

त्यस्तै बेसिक साइन्सका लागि आवश्यक पर्ने प्रयोगशाला पनि तयार भइसकेको छ। झण्डै दुई करोडको लगानीमा बेसिक साइन्सको प्रयोगशाला तयार पारिएको काफ्लेले बताए । सरकारले तत्काल माग सम्बोधन गरेको खण्डमा अवको चार महिनाभित्रै एमबीबीएसका कक्षा सञ्चालन गर्न प्रतिष्ठान तयार रहेको उनको भनाइ छ ।

यसै शैक्षिक सत्रदेखि चिकित्सा विज्ञान अन्तर्गतको एमडिजीपी तहको शैक्षिक कार्यक्रम सुरु गरेको प्रतिष्ठानले नर्सिङका प्रमाणपत्र र स्नातक तह, स्नातक तहको मिडवाइफ्रि, स्वास्थ्य र बेहोस पार्ने (एनेस्थेसिया) सहायकको अध्ययनअध्यापन गराइरहेको छ ।

तीन सय शैयाको आफ्नै शिक्षण अस्पताल चलाएको प्रतिष्ठानको २०७४ मा बसेको पाँचौं सिनेटले एमबीबीएस कार्यक्रम सञ्चालनको लागि सैद्धान्तिक निर्णय गरेको थियो । २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले पिछडिएका जिल्लाहरु हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बझाङ, बाजुरा र अछाम लगायतका क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: Sep 21, 2020| 02:23 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।