शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चीनले सीमा मिचेर भवन निर्माण गरेको खबरपछि हुम्लाका सीडीओको टोली अनुगमनमा

चीनले सीमा मिचेर भवन निर्माण गरेको खबरपछि हुम्लाका सीडीओको टोली अनुगमनमा

हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रमा चीनले एकतर्फी रुपमा भवन बनाएको खबरपछि प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनमा निस्किएको छ।
 |  आइतबार, असोज ४, २०७७
nespernesper

देव राना

देव राना

आइतबार, असोज ४, २०७७

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रमा चीनले एकतर्फी रुपमा भवन बनाएको खबरपछि प्रमुख जिल्ला अधिकारीको टोली अनुगमनमा निस्किएको छ।

triton college

जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार चीनले नेपाली भूमिमा भवन बनाउँदै गरेको जानकारी आएपछि टोली स्थलगत अनुगमनमा निस्किएको हो।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले चिनियाँ पक्षले एकतर्फी रुपमा नौवटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिएपछि अनुगमनका लागि नेपाली टोली त्यसतर्फ लागेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए।

उनका अनुसार गृह मन्त्रालयको अनुमति लिएर प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहित चारवटै सुरक्षा निकायको टोली लाप्चातर्फ लागेको छ।

अनुगमन टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष लामा, नयाँ भैरवी दल गुल्मका गुल्मपति प्राज्ञ बस्नेत, सशस्त्र प्रहरी नायब निरीक्षक मोहन बस्नेत, राष्ट्रिय अनुसन्धानका डीएसपी सञ्जीव चौधरी छन्।

Metro Mart
vianet

सीमा क्षेत्रमा ११ नम्बर सीमास्तम्भ हराएको बताइएको छ। अनुगमन टोलीले हराएको ११ नम्बर सीमा स्तम्भ खोज्ने, अन्य स्तम्भको अवस्थाबारे बुझ्ने र चीनले नेपाली भूमिमा भवन बनाउनुको कारण पत्ता लगाउने जनाइएको छ।

कर्णाली प्रदेशका हुम्लाको हिल्सा, लाप्चा, ताकुलेक, ताकु, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला तथा क्याटो नाका चीनसँग जोडिएका छन्।

हुम्लाको सिमकोट गाउँपालिकामा पर्ने ताकुलेक र चंखेली गाउँपालिकाको ताँके, मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नाक्चेलाग्ना, डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं. १ को क्याटो नाका र डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्ला (तिन्जे क्षेत्रमा लामा छहरा) नाकामा सीमा सुरक्षा छैन।

सिमानामा सुरक्षा नहुँदा चीनले नेपाली भूमिमा प्रयोग गरेको स्थानीयको भनाइ छ।

हिल्साबाहेक अन्य नाका सञ्चालन नआए पनि वर्षाैंदेखि स्थानीयले प्रयोग गर्दै आएका छन्। यहाँबाट दैनिक उपभोग्य वस्तु आयात र जडिबुटीको व्यापार हुँदै आएको छ।

डोल्पाका नाका वर्षमा एक पटक मात्रै खुला हुने शे–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा लामाले बताए। दुवै नाका साउन २५ गतेदेखि भदौ १० गतेसम्म खुला गरिन्छ। नाका खुलेका बेला लाग्ने हाटबजारमा खाद्यान्न, लत्तालपडा र यार्सा गुम्बाको व्यापार हुन्छ।

हिल्सा नाका खोल्न माग

हुम्ला उद्योग वाणिज्य संघले हिल्सा नाका सञ्चालनमा ल्याउन माग गरेको छ। कोरोना भाइरस संक्रमण जोखिमका कारण बन्द नाका खोल्न माग गर्दै संघले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।

चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला, ठूला व्यवसाय आर्थिक संकटको घेराबन्दीमा परेको तथा कर्जाको ब्याजले सताएको हुम्ला उद्योग वणिज्य संघका अध्यक्ष नामग्याल तामाङले जानकारी दिए।

हिल्सा नाका सीमा क्षेत्र बन्द भएपछि व्यापार ठप्प हुँदा आफूहरु मर्कामा परेको व्यापारीले गुनासो गर्ने थालेका छन्। व्यापार–व्यवसाय ठप्प हुँदा राजस्वमा घाटा गिरावट आउने दैनिक उपभोग्य वस्तु उपभोग आपूर्ति गर्न नसकिने संघले जनाएको छ।

 

प्रकाशित: Sep 20, 2020| 13:35 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।