शनिबार, चैत ७, २०८२

गरिबी र कुपोषणको थप मारमा पर्दै नेपाली बालबालिका : युनिसेफ

कोरोना महामारीका कारण नेपालका बालबालिका थप कुपोषणको मारमा परेका छन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– कोरोना महामारीका कारण नेपालका बालबालिका थप कुपोषणको मारमा परेका छन्। कोभिड-१९ संकटको सामाजिक आर्थिक प्रभावले जोखिममा रहेका धेरै परिवारलाई थप गरिबीतर्फ धकेल्दै बालबालिकालाई कुपोषण प्रभावित बनाइदिएको युनिसेफले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ। 

National life

कोभिड–१९ विरूद्ध भौतिक दुरी कायम गर्नुपर्ने बाध्यताले  गर्दा  ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरूले  परिवारसम्म पुगेर शिशु, बालबालिका र आमाहरूको पोषण तथा स्वास्थ्य अवस्था जाँच गर्न नपाएकाले पनि स्वास्थ्य सेवामा  उनीहरूको पहुँच कम भएको छ। 

महामारीको संकटले पार्ने आर्थिक सामाजिक प्रभावले गर्दा बालबालिकामा हुन सक्ने कुपोषण रोकथामका लागि युनिसेफले पोषण क्षेत्रमा जारी सहकार्यमा  वद्धि गर्ने भउको छ। ‘इन्डोनेसिया, नेपाल, मलावी, लेसोथो र केन्याको तथ्याङ्‍कले आम्दानीमा पुगेको हानि र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको देखाउँछ’, प्रतिवेदनमा उल्लेख छ। युनिसेफले नेपालमा बालबालिकाको आहार र परिवारहरूले गुमाएको रोजगारी सहित सामाजिक(आर्थिक प्रभावलाई निगरानी गर्न बालबालिका र परिवार सर्वेक्षण गर्दै आएको छ।

प्रतिवेदनमा उल्लेख छ, ‘महामारीभरि तीनमध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेका छन्। बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय भएको छ।’

प्रतिवेदनअनुसार विश्वका ६ देखि २३ महिनाका बालबालिकामध्ये आधाले मात्र पौष्टिक आहार पाइरहेका छन्। युनिसेफले ९६ देशमा गरेको अध्ययनपछि सार्वजनिक प्रतिवेदनमा एक तिहाइ बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने खाना खान पाइरहेका छन्। कोरोना महामारीका कारण यो समस्या अझ बढ्दो रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उल्लेख छ, ‘महामारीभरि तीनमध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेका छन्। बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय भएको छ।’

Laxmi sunrise bank
kumari

कोभिड(१९ ले अत्यावश्यक सेवामा बाधा पुर्‍याइरहेको छ भने धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको छ। ‘महामारीले बालबालिकालाई कसरी खाना खुवाउने भन्ने चिन्ता परिवारमा रहेको छ।’ यस्तै ५० देशमा गरिएको थप विश्लेणअनुसार ती देशमा खाना खुवाउने गलत प्रवृत्ति पछिल्लो दशकभरि जारी छ। 


प्रकाशित: Sep 23, 2021| 14:59 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्