शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • डा. केसीका माग तत्काल सम्बोधन गर्न कर्णालीवासीको आग्रह

डा. केसीका माग तत्काल सम्बोधन गर्न कर्णालीवासीको आग्रह

कर्णालीवासीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।
 |  आइतबार, असोज ४, २०७७
nespernesper

देव राना

देव राना

आइतबार, असोज ४, २०७७

सुर्खेत– कर्णालीवासीले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।

triton college

‘सिटामोलसमेत नपाउने कर्णालीमा एमबीबीए पढाइ हुनुपर्छ भन्ने डा. केसीका माग नै कर्णालीवासीको माग हुन्’, नागरिक अगुवा एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पूर्व डिन पीताम्बर ढकालले भने, ‘डा. केसीका माग कर्णालीवासीको हितमा छन्, सरकारले उनका मागप्रति निरीह बन्नु हुँदैन।’

डा. केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै सात दिनदेखि जुम्लामा अनशनरत छन्।

विपन्न र विकट क्षेत्रका स्वास्थ्य संस्थाको सुधार र स्थापना गर्नुपर्छ भनेर उठाएका मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने ढकालले बताए।

नागरिक सरोकार संघ सुर्खेतका अध्यक्षसमेत रहेका ढकालले भने, ‘डा. केसीमा मागप्रति कर्णालीका नागरिक एक ढिक्का छन्। यसर्थ सरकारले जनताका माग सम्बोधन गर्नुको विकल्प छैन।’  डा. केसीका माग सम्बोधन भएमात्रै कर्णालीवासीले स्वास्थ्य सेवा पाउने उनको तर्क छ।

Metro Mart
vianet

नागरिक समाज जुम्ला संयोजक राजबहादुर महतले पनि डा. केसीका सबै माग सरकारले तत्काल माग सम्बोधन हुनुपर्ने बताए।

‘डा. केसीले कर्णालीका विपन्न र विकट क्षेत्रका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने माग उठाउनुभएको छ’, महतले भने, ‘अब पनि जनतालाई झुक्याउनु हुँदैन। विगतमा सरकारले केसीसँग गरेको सबै सम्झौता कार्यान्वयन गर्नुपर्छ।’

सरकारले माग सम्बोधन नगरेसम्म जुम्लावासी केसीको पक्षमा उभिने महतले बताए।

‘जुम्लाका सबै दलहरू केसीका पक्षमा छन्। केसीका माग नै जनताका माग हुन्’, उनले भने, ‘सरकार डा. केसीका मागप्रति निरीह नबनोस्।’
केसी अनशन बसेदेखि नै जुम्लामा नागरिक समाजले उनको पक्षमा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

‘युवा पुस्ता सडकका उत्रिसकेका छन्। सरकारले जति ढिला गर्‍यो त्यति नै परिस्थिति असहज बन्छ’, उनले भने, ‘सरकारले डा. केसीका मागलाई नै जनताका माग सम्झेर सहज रूपमा माग सम्बोधन गरोस्।’

कांग्रेस कर्णाली प्रदेश संसदीय दलले पनि डा. केसीका मागप्रति ऐक्यबद्धता जनाएको छ। कांग्रेस केन्द्रीय सदस्य एवम् प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले गरिब तथा विपन्न समुदायको स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्ने उद्देश्यका साथ अनशन बसेका डा. केसीले उठाएका माग सम्बोधन हुनुपर्ने बताए।

‘नेपाली जनताको जीउधनको रक्षामा कुनै खेलवाड नगर्न र जनमतको कदर गर्दै सरकारले डा. केसीका माग सम्बोधन हुनुपर्छ’, शाहीले भने, ‘जनताले स्थायी रुपमा स्वास्थ्य सेवा पाउने अधिकारको ग्यारेन्टी सरकारले गर्ने हो भने माग सम्बोधन गर्नुको विकल्प छैन।’

डा. केसी भदौ २९ गतेदेखि १९ औं पटक अनशनमा बसेका हुन्। स्वास्थ्य अवस्था बिग्रंदै गएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा राखिएको छ।

डा. केसीलाई स्थानीय प्रशासनले शनिबार राति चन्दननाथ नगरपालिकाको बाबिरा मन्दिरको धर्मशालाबाट अस्पताल पुर्‍याएको थियो।

यद्यपि डा. केसीले सरकारले मागको सम्बोधन गर्नुको सट्टा अपहरण गरेर अस्पताल ल्याइएको बताउँदै आएका छन्।

डा. केसीको मनिटरिङमा संलग्न डाक्टर प्रवीण गिरीका अनुसार केसीले नियमित स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन्।

‘उहाँलाई हिजोदेखि आईसीयूमा राखेका छौं। तर सेवा लिन अस्वीकार गर्नुभएको छ’, गिरीले भने, ‘अब उहाँको अवस्था जति बेला जे पनि हुन सक्छ। यसै भन्न सकिने अवस्था छैन।’

गिरीका अनुसार डा. केसीको मुटुको चाल बढेको छ। श्वासप्रश्वासमा समस्या देखिएको छ। मांसपेशी बाउँडिने, छाती दुख्ने, चक्कर लाग्नेजस्ता समस्या देखिएको गिरीले बताए। डा. केसीले स्लाइन र अक्सिजन लिन मानेका छैनन्।

प्रकाशित: Sep 20, 2020| 11:30 आइतबार, असोज ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।