सोमबार, असार २२, २०८३

स्वदेश फर्कियो नेपाली महिला फुटबल टिम

नेपाली राष्ट्रिय महिला फुटबल टिम बिहीबार स्वदेश फर्किएको छ। एएफसी एसियन कप छनोट क्वालिफायर राउन्डका दुई खेलपछि नेपाली टिम स्वदेश फर्किएको हो।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिम बिहीबार स्वदेश फर्किएको छ। एएफसी एसियन कप छनोट क्वालिफायर राउन्डका दुई खेलपछि नेपाली टिम स्वदेश फर्किएको हो।

फर्किएको नेपाली महिला टोलीलाई एन्फाका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। नेपालले न्युट्रल भेन्यु उज्वेकिस्तानमा फिलिपिन्स र हङकङसँग दुई खेल खेलेको थियो। नेपालले दुवै खेलमा जित निकाल्न सकेन।

समूह एफ अन्तर्गतको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले हङकङसँग गोलरहित बराबरी गरेको छ।

यससँगै नेपालले एसियन कपमा छनोट हुन सकेन्। समूह एफको अन्तिम खेल आगमि अक्टोबर २४ मा हङकङ र फिलिपिन्सले प्रतिस्पर्धा गर्नेछन्।

सो खेलको विजेताले अर्को वर्ष भारतमा हुने एसियन महिला कप खेल्नेछ। बराबरी भएमा फिलिपिन्स एसिया कपमा पुग्नेछ।

प्रकाशित: Sep 23, 2021| 13:55 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।