शुक्रबार, असोज ४, २०८१

कर्णालीमा १३० वटा विद्यालयका भवन अधुरै

कक्षा थप हुँदा विद्यालयमा भौतिक पूर्वाधारको ठूलो अभाव छ। पहिलेभन्दा माथिल्लो तह पढाइ हुने अधिकांश विद्यालयमा भवन पर्याप्त छैनन्।
 |  शुक्रबार, असोज २, २०७७
nespernesper

देव राना

देव राना

शुक्रबार, असोज २, २०७७

सुर्खेत– कर्णाली प्रदेशका अधिकांश विद्यालय भवन जीर्ण छन्। वर्षांैअघि निर्माण भएका भवन मर्मतसंभार भएको छैन।

triton college

शिक्षा प्रणालीमा भएको फेरबदलसँगै विद्यालयमा कक्षाहरु थपिएका छन्। यसअघि कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा कक्षा ८ सम्म, कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा कक्षा १० र १० कक्षासम्म पढाइ हुने विद्यालयले कक्षा १२ सम्मको पठनपाठन सुरु गरेका छन्।

कक्षा थप हुँदा विद्यालयमा भौतिक पूर्वाधारको ठूलो अभाव छ। पहिलेभन्दा माथिल्लो तह पढाइ हुने अधिकांश विद्यालयमा भवन पर्याप्त छैनन्। भवन अभावका कारण कक्षा व्यवस्थापन गर्न विद्यालय नेतृत्वलाई हम्मेहम्मे परेको छ।

यही समस्या सामाधानका लागि गत आर्थिक वर्ष २०६६–०७७ मा कर्णाली प्रदेश सरकारले कर्णालीका १८७ वटा विद्यालयमा भवन निर्माण कार्य अघि बढायो। जसमध्ये १०५ वटा विद्यालयका दुई कोठे भवन र ८२ वटा ६ कोठे भवन निर्माण थालिएको थियो। तर एक वर्षमा ५७ वटा विद्यालयको भवनमात्रै सम्पन्न भएका छन्।

बाँकी १३० वटा विद्यालयका भवन निर्माण भने अधुरै छ। सुर्खेतमा ११, दैलेखमा १८, जाजरकोटमा १५, सल्यानमा १३, रुकुम पश्चिममा ६, कालिकोटमा १७, जुम्लामा १९, मुगुमा ९, हुम्लामा १३ र डोल्पामा ९ वटा विद्यालयको भवन निर्माण अधुरै रहेको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

Metro Mart
vianet

कोरोना भाइरसको महामारीका कारण भवन निर्माण सम्पन्न हुन नसकेको निर्देशनलायले बताएको छ। ‘कोरोनापछि सबै विद्यालय आइसोलेसन र क्वारेन्टिनस्थल बने, निर्माण सामग्रीको मूल्य पनि अकासियो,’ शिक्षा विकास निर्देशक दीपा हमालले भनिन्, ‘कोरोनाकै कारण भवन निर्माण हुन सकेनन्।’ बजेट खर्च गर्ने अख्तियारी ढिला आउनु र असारे विकास निर्माण सम्पन्न गर्नुपर्छ भन्ने मान्यताका कारण भवन निर्माण अधुरै रहेको हो।

‘अधिकांश विद्यालयले जेठ १५ गतेभित्र निर्माण सक्ने गरी काम थालेका थिए, त्यही समय विद्यालय क्वारेन्टिन बने,’ उनले भनिन्, ‘कोरोना सर्ने डरले क्वारेन्टिनस्थलमा गएर काम गर्ने अवस्था नै भएन।’ विद्यालयले काम गर्न चाहे पनि लकडाउनका कारण निर्माण सामग्रीको मूल्य बढ्नु र मजदुर नपाउनु जस्ता कारण तोकिएकै समय विद्यालयका भवन बन्न नसकेको उनको तर्क छ।

प्रकाशित: Sep 18, 2020| 06:15 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्