मंगलबार, वैशाख ८, २०८३

जनकपुरमा चल्ने रेल बिहारमा, एक साताभित्र ल्याइने

रेल सेट नेपाल ल्याउने तयारी गरिएको भए पनि उद्घाटनको मिति भने तय भएको छैन।
 |  बिहीबार, असोज १, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, असोज १, २०७७

जनकपुरधाम– रेल विभागले कुर्था–जनकपुरधाम– भारतको जयनगरसम्म चलाउनका लागि किनेको रेल ल्याउने तयारी सुरु गरेको छ। लामो समयको प्रतीक्षापछि दुई सेट रेलको बोगी र चार सेट इन्जिन ल्याउन लागिएको हो।

National life

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारिएका रेल सक्दो चाँडो नेपाल ल्याउने तयारी भइरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। बोगीको दुवै सेट तथा ४ वटा इन्जिन बिहारको हाजीपुर स्टेसनमा राखिएको मिश्रले बताए।

उनले भने, ‘केही बाधाव्यवधान भएन भने शुक्रबार नै रेलको दुवै सेट र चारवटै इन्जिन ल्याउने प्रक्रिया सुरु गर्छौं।’

हाजीपुरबाट बोगीसहितको रेल सेट नेपालसम्म ल्याउन ४ देखि ५ घण्टासम्म लाग्छ। ढिलोमा एक साताभित्र नेपाल आइपुग्ने महानिर्देशक मिश्रले बताए।

रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल गुडाउन १ अर्बको लागतमा रेलको बोगी तथा इन्जिन खरिद गरेको हो।

kumari

रेल सेटको निर्माण भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो। आपूर्ति भने कोंकण रेल कर्पोरेसन कम्पनी लिमिटेडले गर्न लागेको हो।

रेल नेपाल ल्याउने तयारी गरिएको भए पनि उद्घाटनको मिति भने तय भएको छैन।

प्रकाशित: Sep 17, 2020| 16:09 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।