शुक्रबार, फागुन १५, २०८२

सिरहा कारागारमा ५९९ कैदी, ५०० जना कोरोना संक्रमित

सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, भदौ ३१, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, भदौ ३१, २०७७

जनकपुरधाम– सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

National life

कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा परीक्षण गरिएकोमा बुधबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कारागार सिरहाकी प्रमुख बबिता महतोले बताइन्।

जिल्ला कारागार सिरहामा १५० जनामात्रै कैदी राख्ने क्षमता भए पनि अहिले सो कारागारमा ५९९ जना छन्।

संक्रमित कैदीमा २७७ जना पुरुष, २० महिला र २ बालबालिका छन्। सबै संक्रमित कैदीहरु कारागारमै छन्।

Laxmi sunrise bank
kumari

सो कारागारमा साउन २४ गते २० वर्षदेखि ५५ वर्ष सम्मका ५९ जना पुरुष कैदीको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । साउन २६ गते २ वर्षदेखि ६० वर्षसम्मका १८ महिला र २ वर्षीय १ बालक गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

साउन २९ गते १४ वर्षदेखि ३५ वर्षसम्मका १५ जना पुरुष तथा साउन ३० गते १ वर्ष देखि ६५ वर्षसम्मका १४७ पुरुष कैदीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

 

प्रकाशित: Sep 16, 2020| 18:07 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।