सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनभीए भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलपाटीले गर्ने

एनभीए भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलपाटीले गर्ने

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलपाटीले गर्ने भएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं-  छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलपाटीले गर्ने भएको छ। 

National life

नेपाल भलिबल संघले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा छनोट भएर खेलपाटीले प्रत्यक्ष प्रसारण अधिकार प्राप्त गरेको हो।

बुधबार भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र खेलपाटीका तर्फबाट आशिष पौडेलले प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार एनभीए क्लब च्याम्पियनसिप अन्तर्गतको सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारणको अधिकार खेलपाटीले प्राप्त गरेको छ। 

संघकी उपाध्यक्ष निरोज मास्केले भलिबल खेलको प्रत्यक्ष प्रसारण अधिकार बिक्री हुनु खुसीको विषय भएको बताइन्। उनले भलिबल खेललाई थप व्यवसायीक बनाउने अभियानमा यसले एउटा कोशेढुङ्गाको काम गर्ने बताइन्। 

खेलपाटीका प्रबन्ध निर्देशक आशिष पौडेलले भलिबलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे। राष्ट्रिय स्तरको क्लब च्याम्पियनसिपको प्रत्यक्ष प्रसार नले भलिबलको प्रवर्द्धन र विकासमा थप टेवा पुग्ने धारणा राखेका छन्।

Laxmi sunrise bank
kumari

नेपाल भलिबल संघको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता असोज १० देखि १६ गतेसम्म सञ्चालन हुँदैछ। राखेपको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा देशभर उत्कृष्ट क्लब सहभागी बन्दैछन्।

प्रकाशित: Sep 23, 2021| 08:28 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।