सोमबार, माघ ५, २०८२

सिरी एमा युभेन्टसले निकाल्यो पहिलो जित

इटालियन फुटबल लिग सिरी एको नयाँ संस्करणमा युभेन्टसले पहिलो जित निकालेको छ। दुई सिजन अघिसम्म लगातार नौ पटकको विजेता बनेको युभेन्टसले यो सिजनका सुरुआति चार खेलमै जित निकाल्न सकेको थिएन।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- इटालियन फुटबल लिग सिरी एको नयाँ संस्करणमा युभेन्टसले पहिलो जित निकालेको छ। दुई सिजन अघिसम्म लगातार नौ पटकको विजेता बनेको युभेन्टसले यो सिजनका सुरुआति चार खेलमै जित निकाल्न सकेको थिएन।

National life

उसले पछिल्लो चार खेलसम्म दुई हार र दुई बराबरीको सामना गरिसकेको थियो। यससँगै दुई अंक बनाएर युभेन्टस रेलिगेसन जोनमा पुगिसकेको थियो।

यता बुधबार रातिको खेलमा उसले स्पेजियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै तीन अंक जोडेर तालिकामा पाँच अंक बनाउँदै १३औं स्थानमा उक्लिएको हो।

युभेन्टसको जितका लागि मोइसे किन, फेडेरिको किएजा र माथ्थिउस डि लिग्टले गोल गरेका थिए।

पहिलो हाफको २८औं मिनेटमा किनले बनाएको अग्रता ३३औं मिनेटमा स्पेजियाका इम्यानुयल गयसीले तोडेका थिए। यससँगै पहिलो हाफ बराबरीमा रोकिएको थियो।

Laxmi sunrise bank
kumari

दोस्रो हाफमो जेन्सले ४९औं मिनेटमा गोल गर्दै स्पेजियालाई २–१ गोलको अग्रता दिलाए पनि त्यसपछि केइजा र डि लिग्टले गोल गर्दै युभेन्टसलाई ३–२ गोलको जित दिलाए। स्पेजिया अहिले १७औं स्थानमा छ।

प्रकाशित: Sep 23, 2021| 08:08 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।