सोमबार, असार २२, २०८३

मायोर्काविरुद्ध रियलको सानदार जितमा एसेन्सियोको ह्याट्रिक

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले सानदार जित निकालेको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियल मड्रिडले सानदार जित निकालेको छ।

रियलको घरेलु रंगशालामा दोस्रो सानदार जितका क्रममा एसेन्सियाले ह्याट्रिक गरेका छन्। उनको ह्याट्रिकसँगै रियलले ६–१ गोलको जित निकालेको हो। सान्टियागो बर्नेबेउमा एसेन्सियोबाहेक करिम बेञ्जेमाले दुई र इस्कोले एक गोल गरे।

यता मायोर्काका लि कांग इनले एक गोल गरे। खलको तेस्रो मिनेटमा बेञ्जेमाले गोल गर्दै अग्रता बनाएका थिए। त्यसपछि २४औं मिनेटमा एसेन्सियोले अग्रता दोब्बर बनाए भने २९औं मिनेटमा अर्को गोल थपे। यससँगै पहिलो हाफमा रियल ३–१ गोलले अघि रह्यो।

यता खेलको ५५औं मिनेटमा एसेन्सियोले गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै, ७८औं मिनेटमा बेञ्जेमाले व्यक्तिगत दोस्रो गोल गरे भने इस्कोले खेलको लागि अन्तिम गोल गर्दै रियलको नतिजालाई ६–१ मा पुर्‍याएका थिए।

यो जितसँगै शीर्षस्थानमा पुगेको रियलले ६ खेलबाट १६ अंक बनाएको छ। उसले एक खेलमा बराबरी गर्दै शतप्रतिशत अंक बटुल्नबाट दुई अंकले पछि परेको हो। 

यता पराजित मायोर्का ८ अंकका साथ १०औं स्थानमा छ। बर्नाबेउमा यसअघि भएको खेलमा रियलले ५–२ गोलको जित निकालेको थियो।

प्रकाशित: Sep 23, 2021| 07:48 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।