सोमबार, असार २२, २०८३

आईपीएलमा दिल्ली क्यापिटल प्ले अफ नजिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै साबिक उपविजेता दिल्ली क्यापिटल प्लेअफ नजिक पुगेको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै साबिक उपविजेता दिल्ली क्यापिटल प्लेअफ नजिक पुगेको छ।

बुधबार रातिको खेलमा सनराइजर्स हैदारबादविरुद्ध ८ विकेटको जित निकाल्दै दिल्ली प्ले अफ नजिक पुगेको हो।

खेलमा टस जितेर ब्याटिङ रोजेको हैदराबादले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो। जवाफी ब्याटिङमा १७ दशमलव २ ओभर खेल्दै दुई विकेट गुमाएर दिल्लीले लक्ष्य पुरा गर्‍यो।

दिल्लीका लागि शिखर धवन र श्रेयस अयरले ५२ रनको साझेदारी गरे। धवनले ४२ रन बनाए भने अयरले ४७ रनको योगदान दिए। बलिङतर्फ राशिद खान र खलिल अहमदले समान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङमा आएको हैदराबादका अब्दुल रहमले २८, राशिद खानले २२ र केन विलियम्सनले १८ रन जोडे। दिल्लीका कागिसो रबडाले तीन विकेट गिराउँदा एनरिच नोर्किया र अक्षर पटेलले समान २–२ विकेट लिए।

यो जितसँगै शीर्षस्थानमा पुगेको दिल्लीले ९ खेलबाट १४ अंक जोडेको छ। अक्सर आईपीएलमा आठ खेल जित्ने टिम प्लेअफमा पुग्ने गर्दछ। यता हैदराबाद भने दुई अंकका साथ तालिकाको पुछारमा छ।

प्रकाशित: Sep 23, 2021| 07:09 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।