बुधबार, चैत ४, २०८२

घाइते खेलाडीलाई सिप्यानले सहयोग गर्ने

काठमाडौं– आइतबार साँझ दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीलाई क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सहयोग गर्ने भएको छ। उसले आज(सोमबार) सूचना जारी गर्दै घाइते खेलाडीको सहयोगका लागि अग्रसरता लिने भएको हो।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– आइतबार साँझ दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारीलाई क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सहयोग गर्ने भएको छ। उसले आज(सोमबार) सूचना जारी गर्दै घाइते खेलाडीको सहयोगका लागि अग्रसरता लिने भएको हो।

National life

‘नेपाली क्रिकेट खेलाडीको हकहितका लागि समर्पित सिप्यान भण्डारीको उपचारका लागि सम्पूर्ण सहयो गर्न प्रतिबद्ध छ,’ सिप्यानले जारी गरेको सूचनामा भनिएको छ।

सिप्यानले आफ्नो यो सहयोगमा सहभागिता जनाउन अनुरोध समेत गरेको छ। सहयोगका लागि सेन्चुरी बैंकमा रहेको क्रिकेट प्लेयर्स एसोसिएसन नेपालको खाता नम्बर ००१०००२५२९CA मा रकम जम्मा गर्न सकिने संघले जारी गरेको सूचनामा भनिएको छ।

आइतबार दुर्घटनामा परी घाइते भएका क्रिकेटर भण्डारीलाई थप उपचारका लागि हिजो(सोमबार) काठमाडौं ल्याइएको थियो। अहिले उनको थप उपचारका लागि काठमाडौंको ग्राण्डी सिटी अस्पतालमा राखिएको छ।

भण्डारी आइतबार कञ्चनपुरस्थित झलारीमा मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए। उनलाई धनगढी स्थित निःसर्ग अस्पतालमा सामान्य उपचार पश्चात् आइतबार राति बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजमा रिफर गरी थप उपचार गरिएको थियो।

Laxmi sunrise bank
kumari

साथै क्यालने पनि उनको उपचारको लागि समन्वय र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: Sep 15, 2020| 13:04 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।