बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विराटनगर जुट मिल्सका सुरक्षा गार्डले चार वर्षदेखि तलब पाएनन्

विराटनगर जुट मिल्सका सुरक्षा गार्डले चार वर्षदेखि तलब पाएनन्

सुरक्षा गार्डले लामो समयसम्म तलव नपाएपछि असोज १ गतेबाट मिल्समा सुरक्षा गार्ड खटाएर सुरक्षा प्रदान गर्न नसकिने सेक्युरेटी प्रालिले जनाएको छ ।
 |  आइतबार, भदौ २८, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, भदौ २८, २०७७

विराटनगर- विराटनगर जुट मिल्सका सुरक्षा गार्डले चार बर्षदेखि तलब पाएका छैनन ।

National life

सुरक्षा गार्डले लामो समयसम्म तलव नपाएपछि असोज १ गतेबाट मिल्समा सुरक्षा गार्ड खटाएर सुरक्षा प्रदान गर्न नसकिने सेक्युरेटी प्रालिले जनाएको छ ।

जुल मिल्समा सुरक्षा गार्ड खटाउँदै आएको अर्जुनदृष्टि सेक्युरिटी प्रालिले ६ जना गार्डले चार वर्षदेखि तलव पाउन नसकेको बताएको छ । सुरक्षा गार्डले चार वर्षदेखिको १९ लाख ५६ हजार रुपैयाँ तलव पाउन बाँकी रहेको सेक्युरिटी कम्पनीका प्रमुख व्यवस्थापक तीर्थराज घिमिरेले बताए ।

२०७१ सालदेखि मिल्समा सेक्युुरिटी कम्पनीले सुरक्षा गार्ड खटाएर सुरक्षा प्रदान गर्दै आएको छ । आगामी असोज १ गतेसम्म मिल्स व्यवस्थापनले सबै तलव भुक्तानी नगरेमा ६ जनानै सुरक्षा गार्ड फिर्ता गरिने घिमिरेको भनाइ छ ।

जुट मिल्सका अध्यक्ष बसन्त वनले २४ घण्टानै सुरक्षाका लागि खट्ने सुरक्षा गार्डले तलव नपाएको सत्य भएको बताए । जुट मिल्स लामो समयदेखि बन्द भएका कारण आम्दानी हुन नसक्दा र स्रोत व्यवस्थापनमा समस्या हुँदा तलव दिन नसकिएको वनले बताए ।

Laxmi sunrise bank
kumari

जुट मिल्स चाँडो सञ्चालनमा ल्याएर तलव तथा सेवा सुविधा वापतको बाँकी बक्यौता तिर्दै जाने योजना रहेको उनको भनाई छ । मिल्स सञ्चालन हुन नसक्दा नेपालकै जेठो विराटनगर जुटमिल्सबाट रुग्ण बन्दै गएको छ ।

उद्योगमा सेक्युरिटी कम्पनीले खटाइएका ६ जना र आन्तरिक रुपमा राखिएका ५ जना गरेर ११ जना सुरक्षा गार्ड छन् । १० जना प्रशासनिक कर्मचारी छन् ।

वनले स्रोत व्यवस्थापनको चाँजोपाँजो मिलाउन नसक्दा लामै समयदेखि सुरक्षा गार्डसहित प्रशासनिक कर्मचारीले पनि तलव पाउन नसकेको बताए । सुरक्षा गार्ड मिल्सलाई आवश्यक पर्ने भएकाले जतिसक्दो तलव भुक्तानीका लागि पहल भइरहेको उनको भनाइ छ ।

वि.स. १९९३ सालमा जुुट मिल्स स्थापना भएर सञ्चालनमा ल्याइएको थियो । यहि मिल्स सञ्चालनमा आएपछि मुलुकमा आद्यौगिक क्षेत्र विस्तार र अन्य उद्योग तथा कलकारखाना स्थापनाको जग बसेको हो ।

२०७५ चैत देखि मिल्स बन्द छ । ६७ बिघा क्षेत्रफलमा फैलिएको मिल्सबाट जुटको बोरा र सुतली उत्पादन हुँदै आएको थियो । सरकार र मन्त्री परिवर्तन लगत्तै पदाधिकारी र व्यवस्थापन पक्ष पनि फेरिँदा लामो समयदेखि बन्द रहेको मिल्स पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।

 

प्रकाशित: Sep 13, 2020| 07:34 आइतबार, भदौ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।