मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मेयरलाई मुक्का प्रहारपछि बुटवलद्वारा पहिरो पीडितलाई राहत घोषणा

Siddartha premir insuranceSiddartha premir insurance

मेयरलाई मुक्का प्रहारपछि बुटवलद्वारा पहिरो पीडितलाई राहत घोषणा

बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार भएपछि पहिरो प्रभावित क्षेत्रका विस्थापित परिवारलाई स्थानीय सरकारले राहात दिने घोषणा गरेको छ।
 |  बुधबार, असोज ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

बुटवल– बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार भएपछि पहिरो प्रभावित क्षेत्रका विस्थापित परिवारलाई स्थानीय सरकारले राहत दिने घोषणा गरेको छ। सोमबार बुटवलको पहिरो प्रभावित ज्योतिनगर क्षेत्रको अवलोकनमा जाँदा स्थानीय गणेश पंगेनीले स्थानीय सरकारले बेवास्ता गरेको भन्दै मेयर सुवेदीलाई मुक्का प्रहार गरेका थिए। मेयरमाथि आक्रमण भएपछि स्थानीय सरकारले बल्ल राहत र उद्धारमा थप सक्रियता बढाएको हो। 

triton college

उपमहानगरपालिकाले ज्योतिनगर क्षेत्रका पहिरोबाट विस्थापित भएकालाई अस्थायी आवासका लागि घरबहाल खर्च रकम सहयोग गर्ने भएको छ।

अविरल वर्षापछि आएको पहिरो र बाढीले घर भत्किएका र उच्च जोखिमले घरमा बस्‍नै नमिल्ने अवस्था उत्पन्‍न भएर विद्यालयहरुमा आश्रय लिन बाध्य भएकालाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहत स्वरुप रकम उपलव्ध गराउने भएको मेयर शिवराज सुवेदीले जानकारी दिए।

स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसि पहिरो र बाढीले पूर्ण रुपले घरआवास क्षति भएर विद्यालयहरुमा आश्रय लिइ बसेका र अन्यत्र कुनै घर बसोबास नभएका पीडित परिवारका लागि वडा विपद व्यवस्थापन समितिको सिफारिसमा विद्यालयबाट तत्काल स्थानान्तरण गरी अन्यत्र बहालमा बस्‍नका लागि तत्काललाई बहाल खर्च रकममा राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको हो।

विस्थापितहरुका लागि पुनःस्थापना गर्न सम्बन्धित वडाबाट पीडितको माग निवेदन सहित विवरण संकलन गरी जिल्ला विपद ब्यवस्थापन समिति मार्फत प्रकृया अगाडि बढाइने भएको छ।

Metro Mart
vianet

बुटवल उपमहानगरपालिका तिनाउ दानव नदिमा ठुलो बाढी आई कटान गरेको र चुरे क्षेत्रमा रहेका वडा नं १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा क्षतिको विवरणसहित जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

बुटवल ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुङ्गामाटोको गेग्रेटोलाई प्राविधिकहरुको विशेष निगरानीमा हटाइने बताए। 

प्रकाशित: Sep 22, 2021| 18:22 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।