काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १३ हजार ९३० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट प्राप्त नतिजा अनुसार पीसीआर परीक्षणबाट एक हजार २५१ जना र एन्टिजेन परीक्षणबाट २२७ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार ६३० जना कोरोना मुक्त भएका छन्।
कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा सात लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५९ जना कोराना संक्रमितको मृत्यु भएको छ।