बुधबार, भदौ २४, २०८३

जक आरोपी थुनुवालाई कोरोना संक्रमण

विराटनगर– मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण देखिएको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

विराटनगर– मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण देखिएको छ।

मोरङमा थुनुवामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जबरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएका सुनवर्षी नगरपालिका–४ का २६ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको बताए।

प्रहरीले पक्राउ गरेर भदौ २० गते शनिबार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरेर पठाएको थियो। कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट सोमबार साँझ प्राप्त भएको जानकारी राईले दिए। थुनुवाको विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरेर प्रहरी निगरानीमा उपचार थालिएको छ।

मोरङ प्रहरीको हिरासतमा मंगलबार बिहानसम्ममा २६ जना थुनुवा रहेकोमा अरु २५ जनाको रिपोर्ट नेगेटिभ आएको डीएसपी राईले बताए।

प्रकाशित: Sep 08, 2020| 14:30 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।