सोमबार, असार २९, २०८३

सेरेना विलियम्स यूएस ओपनको क्वार्टरफाइनलमा

काठमाडौं– ६ पटककी यूएस ओपन टेनिस विजेता सेरेना विलियम्स मारिया सक्कारीलाई हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– ६ पटककी यूएस ओपन टेनिस विजेता सेरेना विलियम्स मारिया सक्कारीलाई हराउँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।

उनी १५ औं वरियताकी मारिया सक्कारीलाई तेस्रो सेटमा २–१ले पराजित गर्दै उनी क्वार्टरफानलमा प्रवेश गरेकी हुन्।

पहिलो सेटमा ६–३ ले विजयी भएकी सेरेनाले प्रतिस्पर्धात्मक दोस्रो सेट भने ६–७ (६–८) ले गुमाइन्। त्यस्तै तेस्रो सेट भने ६–३ ले नै जितिन्।

‘म फाइट गरिरहने छु,’ खेलपछि सेरेनाले भनिन्, ‘उनले राम्रो खेल्दै गइन् र आक्रामक तरिकाले खेलिन्। मलाई थाहा थियो कि मैले त्यही कुरा दोहोर्याउनु पर्ने थियो र नतिजा मेरो सकारात्मक आयो।’

सेरेनाले ६ पटक यूएस ओपनका साथै २३ पटक ग्राण्डस्लाम जितिसकेकी थिइन्। उनी अहिले २४ पटक ग्राण्डस्लम जित्ने लक्ष्यका साथ मैदानमा छिन्।

सेरेनाले क्वार्टरफाइनलमा बुल्गेरियाकी तेस्वेताना पिरोन्कोवासँग प्रतिस्पर्धा गर्नेछिन्। पिरोन्कोवाले फ्रान्सकी अलिजे कर्नेटलाई ६–४, ६–७(५–७) र ६–३ को सेटमा पराजित क्वार्टरफाइनलको यात्रा तय गरेकी थिइन्।

क्वार्टरफाइनल अन्तर्गत आज (मंगलबार) हुने पहिलो खेलमा जेनिफिर ब्राडीले युलिया पुटिन्ट्सेवासँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Sep 08, 2020| 14:27 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।