बुधबार, भदौ २४, २०८३

प्रधानमन्त्रीद्वारा मनोचिकित्सकहरुसँग छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्काल योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन्।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्काल योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन्।

आफ्नो निवास बालुवाटारमा आयोजित मनोचिकित्सकहरूसँगको परामर्श र छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका हुन्।

निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने प्रधानमन्त्रीको भनाइ छ।

‘कोभिड– १९ को प्रभावविरूद्ध व्यापक परामर्श तथा सचेतना अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चारमाध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउन आवश्यक छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने। प्रधानमन्त्रीले परामर्श र चेतना फैलाउन मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्ने धारणा राखेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि शनिबारदेखि नागरिक सचेतनात्मक साताव्यापी कार्यक्रम सुरू गरेको छ।

छलफल कार्यक्रममा प्राडा सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणिन्द्र बराल, डा. रोशन पोखरेललगायत सहभागी थिए।

उनीहरुले प्रधानमन्त्रीलाई अहिलेको समयमा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरूका बारेमा प्रष्ट पारेका थिए। प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न पक्षहरुसँग छलफल गर्दै आइरहेका छन्।

प्रकाशित: Sep 08, 2020| 14:18 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।