सोमबार, असार २९, २०८३

जता आन्सोलोती, उतै रोड्रिग्वेज

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्ध भएका छन्। उनलाई प्रिमियर क्लब इभर्टनले २० मिलियन पाउन्डमा अुनबन्ध गरेको हो।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्ध भएका छन्। उनलाई प्रिमियर क्लब इभर्टनले २० मिलियन पाउन्डमा अुनबन्ध गरेको हो।

२९ वर्षे अट्याकिङ मिडफिल्डरलाई क्लबले अर्को सिजनका लागि सम्झौता गर्ने सहमतिसहित दुई वर्षका लागि अनुबन्ध गरेको बताएको छ।

कोलम्बियाका रोड्रिग्वेज २०१४ को ब्राजिलमा सम्पन्न विश्वकपमा सर्वाधिक गोल गरेर गोल्डेन बुट विजेता बनेपछि उनलाई स्पेनिस क्लबले अनुबन्ध गरको थियो।

‘राम्रो इतिहास भएको उत्कृष्ट क्लबमा आउन पाउँदा धेरै खुसी लागेको छ। यहाँ यस्ता प्रतिशक्षक छन् जसले मलाई राम्ररी चिनेका छन्,’ रोड्रिग्वेजले क्बलमा अनुबन्ध भएपछि भनेका छन्, ‘म यहाँबाट त्यो कुरा जित्न चाहन्छु जुन कुरा अधिकांश खेलाडीले जित्न चाहन्छन्।’

पछिल्लो समय स्पेनिस क्लबमा रोड्रिग्वेजको यात्रा कठिन बन्दै गएको थियो। युरोपियन च्याम्पियन्स लिगको २०१७ को फाइनल खेलमा गोल गरिसकेको खेलाडीलाई रियलका प्रशिक्षक जिनेदिन जिदानको स्क्वाडमा पर्ने सम्भावना कम बन्दै गएको थियो।

यसकारण उनलाई एक सिजन अगावै क्लबले विदा गर्न राजी भएको हो। रियलबाट गत सिजनमा पनि उनी १४ खेलमा मात्र सहभागी बने।

अहिले एभर्टनमा रहेका प्रशिक्षक कार्लो आन्सेलोतीले उनलाई तेस्रो पटक अनुबन्ध गर्न लागेका हुन्। आन्सेलोतीले नै उनलाई पछिल्लो समय जर्मन क्लब बायर्न म्युनिख र त्यसअघि रियल मड्रिडमा अनुबन्ध गरेका थिए।

रोड्रिग्वेजले प्रशिक्षक आन्सेलोतीको प्रशिक्षणमा रियल मड्रिडमा उत्कृष्ट खेल प्रस्तुत गरे। साथै लोनमा रहँदा बायर्न म्युनिखमा उनको प्रदर्शन पनि सम्झन लायक रह्यो। उनलाई आन्सोलोतीले नै लोनमा बायर्नमा लिएका थिए।

प्रशिक्षक आन्सेलोतीले २०१३ देखि २०१५ सम्म मड्रिडमा दुई सिजन बिताएका थिए भने त्यसपछिको एक सिजन बायर्नमा बिताएका थिए।

‘म कार्लोसँग काम गर्न उत्साहित छु। उनको उपस्थिति भएकै कारण म यहाँ आएको हुँ,’ रोड्रिग्वेजले भने।

प्रशिक्षक आन्सेलोतीले पनि रोड्रिग्वेजको तारिफ गरेका छन्। उनले भने, ‘सबैलाई थाहा छ, जेम्स राम्रा खेलाडी हुन्। उनी धेरै सम्भावना भएका खेलाडी हुन्। उनको स्ट्राइक र एसिस्ट दुवै राम्रो छ।’

प्रकाशित: Sep 08, 2020| 13:03 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।