शुक्रबार, भदौ १२, २०८३

माखो मार्ने चक्करमा जब घरै जल्यो

फ्रान्समा एक व्यक्तिले एउटा माखो (झिंगो) मार्ने प्रयासमा घरै जलाएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

एजेन्सी- फ्रान्समा एक व्यक्तिले एउटा माखो (झिंगो) मार्ने प्रयासमा घरै जलाएका छन्।

दोर्दोनमा बस्ने ८० वर्षीय एक वृद्ध राति खाना खान बसेका थिए त्यसैबेला एउटा झिंगो भुनभुनाउँदै आइपुग्यो र उनलाई तनाव दियो।

त्यसपछि उनले किरा मार्न प्रयोग हुने ‘इलेक्ट्रक्सि र्‍याकेट’ उठाएर झिंगा मार्ने प्रयास गरे।

तर त्यो समयमा उनको घरमा ग्यास लिक भएको रहेछ, इलेक्ट्रिक र्‍याकेटले निकालेको झिल्कोले आगो सल्कियो।

त्यो आगोले उनको भान्सा जल्यो र भान्साबाट निस्किएको आगोको मुस्लोले घरका अधिकांश भाग जले।

तर भाव्यवश उनी भने बच्न सफल भए। हात थोरै जले पनि उनी सुरक्षित रुपमा भाग्न सफल भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

घर जलेपछि उनी एउटा क्याम्पमा बसिरहेका छन्। उनको घर मर्मतको काम भइरहेको छ। बीबीसी

प्रकाशित: Sep 07, 2020| 15:30 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।