सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पूर्वविजेता केर्बरलाई हराउँदै ब्राडी यूएस ओपनको क्वार्टरफाइनलमा

पूर्वविजेता केर्बरलाई हराउँदै ब्राडी यूएस ओपनको क्वार्टरफाइनलमा

अमेरिकी टेनिस खेलाडी जेनिफिर ब्राडी पहिलोपटक यूएस ओपनको क्वार्टरफाइनलमा पुगेकी छन्। उनले २०१६ को विजेता एजेलिक केर्बरलाई सोझो सेटमा हराउँदै फाइनल पुगेकी हुन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– अमेरिकी टेनिस खेलाडी जेनिफिर ब्राडी पहिलोपटक यूएस ओपनको क्वार्टरफाइनलमा पुगेकी छन्। उनले २०१६ को विजेता एजेलिक केर्बरलाई सोझो सेटमा हराउँदै फाइनल पुगेकी हुन्।

सोमबार बिहान सम्पन्न खेलमा २८ औं वरियताकी २५ वर्षे खेलाडी एन्जेलिकले ६–१ र ६–४को सेटमा पूर्व विजेतालाई लुइस आर्मस्टाडम रंगशालामा पराजित गरेकी थिइन्।

क्वार्टरफाइनलमा ब्राडीले अब युलिया पुटिन्सेवासँग प्रतिस्पर्धा गर्नेछिन्। पुटिन्सेवाले आठौं बरियताकी पेट्रा मार्टिकलाई ६–३, २–६ र ६–४ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेकी थिइन्।

पुटिन्सेवा पहिलो सेटमा ५–० र दोस्रो सेटमा ५–१ अन्तरले अघि थिइन्। तर मार्टिकले उनलाई रोक्न धेरै प्रयास गरिन्। ‘मलाई गर्व लाग्यो र धेरै खुसी थिएँ कि मैले पहिलो हाफमा सानदार प्रदर्शन गरेँ,’ पुटिन्सेवाले खेलपछि भनिन्।

त्यस्तै क्वार्टरफाइनलको अन्य खेलमा चौथो बरियताकी नाओमी ओसाकाले सेलबी राजरसँग खेल्नेछिन्।

प्रकाशित: Sep 07, 2020| 13:59 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।