बुधबार, चैत ४, २०८२

‘युवालाई विदेश लखेट्न उद्यत छ सरकार’

यसअघि स्थानीय बियर र दाना उद्योगले नेपाली किसानको मकै किन्ने गरे पनि यस वर्ष ती उद्योगले भारतबाट मकै खरिद गरेको कृषकहरु बताउँछन्।
 |  शनिबार, भदौ २०, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, भदौ २०, २०७७

मोरङ (बूढीगंगा)– बूढीगंगा–६ का ३८ वर्षीय सत्यनारायण चौधरीका अधिकांश साथी वैदेशिक रोजगारीमा छन्। साथीहरु विदेश गइरहँदा उनी भने गाउँमा कृषिमै रमाए। चौधरीले कृषिबाटै राम्रै आम्दानी गरिरहेका थिए– विदेश गएका साथीका लागि पनि इष्र्यालाग्दो।

National life

तर, अहिलेको बन्दाबन्दीमा उनी खिन्न छन्। उत्पादित कृषि उपज बजारसम्म लैजान नसक्दा बारीमै कुहिन थालेको छ। भन्छन्, ‘हाम्रो समूहले दुई बिघा क्षेत्रफलमा लगाएको दुई लाखभन्दा बढी मूल्यको कागती बिक्री हुन सकेन।’ स्थानीय सृष्टि कृषक समूहका सचिव पनि हुन् उनी। चैतयताको उत्पादनले बजार पाउन नसकेको उनले जानकारी दिए।

तरकारी बारीमै सड्न थालेपछि दिक्क बनेका उनी धानमा रासायनिक मल हाल्न नपाउँदा निराश छन्। ‘गोड्ने बेला मजदुर नपाएर समस्या भयो, अहिले बजारमा मल छैन। यसपटक धानखेतीले पनि घाटा लगाउने भयो,’ उनी भन्छन्।

बूढीगंगाकै उन्नत विश्वासले चार बिघा क्षेत्रफलमा मकैखेती गरे। गत वर्ष मकैबाट मनग्य आम्दानी भए पनि यो वर्ष सोचेजस्तो भएन। हरियोमै बेच्नका लागि उत्पादन गरिएको मकै सुकेर भित्र्याइसक्दा पनि बिक्री हुन सकेको छैन। कोरोनाका कारण उद्योगहरुले मकै लिन पनि मानेका छैनन्। विश्वासले मकैबाट तीन लाख रुपैयाँ नोक्सान भएको सुनाए। धानका लागि पनि सरकारले मल उपलब्ध नगराउँदा उनी मर्कामा छन्।

बूढीगंगा–६ का किसानले करिब १५० बिघा क्षेत्रफलमा मकै लगाएका थिए। धान उत्पादनपछि गाईबस्तुको चरन क्षेत्र बन्ने गरेको बाँझो खेतलाई प्रयोगमा ल्याउनका लागि मकै लगाउने अभियान चलेको थियो। तर, किसानले उत्पादन गरेको करिब २५ प्रतिशतमात्र मकै बिक्री हुन सक्यो।

Laxmi sunrise bank
kumari

बूढीगंगाका अगुवा कृषक विनोद चौधरीले छाडा पशु नियन्त्रणका लागि स्थानीय कृषक मिलेर गत वर्षदेखि मकै अभियान चलाइएको बताए। चौधरीले भने, ‘गत वर्ष राम्रो आम्दानी भएपछि क्षेत्रफल बढाएर खेती गरिएको थियो। तर यस वर्ष धेरै मकै नष्ट भयो।’

नेपाली किसानले उत्पादन गरेको मकै स्थानीय उद्योगले नलिँदा पनि समस्या भएको किसान विष्णु मगरले बताए। डेढ सय बिघामा लगाइएको मकै उद्योगमा बिक्रीका लागि पटक–पटक धाए पनि उद्योगले भारतबाट मकै ल्याएको उनको गुनासो छ।

यसअघि स्थानीय बियर र दाना उद्योगले नेपाली किसानको मकै किन्ने गरे पनि यस वर्ष ती उद्योगले भारतबाट मकै खरिद गरेको कृषकहरु बताउँछन्।

कोरोनाको प्रत्यक्ष असर कृषकलाई परेको बताउने चौधरी उत्पादित वस्तुले बजार नपाउँदा तरकारी खेती सुरु गर्न नसकिएको सुनाए। चौधरीले भने, ‘उत्पादन त गरौंला तर तरकारीले बजार नपाउला भन्ने चिन्ता छ।’

सृष्टि कृषक समूहका अध्यक्ष आशनारायण चौधरी सरकारको किसानलाई प्रोत्साहन गर्ने नीति कागजमै सीमित हुँदा आफूहरु मारमा परेको बताउँछन्। उनी भन्छन्, ‘स्वदेशमै बसौं, केही गरौं भन्ने युवालाई पनि विदेशतिरै लखेट्न उद्यत छ सरकार।’

बूढीगंगाका किसानहरु सामूहिक खेतीमा आकर्षित भए पनि सरकारबाट कुनै सहयोग नपाएको चौधरीले बताए।

 

 

 

 

प्रकाशित: Sep 05, 2020| 08:10 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।