सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हाल्यान्डको गोलले जिताएन नर्वेलाई, अष्ट्रियाको संघर्षपूर्ण जित

हाल्यान्डको गोलले जिताएन नर्वेलाई, अष्ट्रियाको संघर्षपूर्ण जित

काठमाडौं– नेसन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह चरणको खेलमा अष्ट्रियाले घरेलु टिम नर्वेलाई २–१ गोल अन्तरले हराएको छ। नर्वेलाई हराएर तीन अंक जोडेको पाहुना टिम अष्ट्रिया लिग बी अन्तर्गतको समूह १ को शीर्षस्थानमा छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं– नेसन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह चरणको खेलमा अष्ट्रियाले घरेलु टिम नर्वेलाई २–१ गोल अन्तरले हराएको छ। नर्वेलाई हराएर तीन अंक जोडेको पाहुना टिम अष्ट्रिया लिग बी अन्तर्गतको समूह १ को शीर्षस्थानमा छ।

दुई गोलले पछि परेको अवस्थामा इर्लिङ ब्रुट हाल्यान्डले गोल गर्दै नर्वेलाई खेलमा फर्काउन चाहे पनि सकेनन्। उनले सोरलोठको पासमा ६६ औं मिनेटमा गोल गरेका थिए।

त्यसअघि खेलको ३५ औं मिनेटमा माइकल ग्रेजोरिच र मार्सेल सजिट्जरले ५४ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए।

सोही समूहको अर्को खेलमा उत्तरी आयरल्यान्डले रोमानियाँसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। अंक बाँडेका आयरल्यान्ड र रोमानियाँ समूहको दोस्रो र तेस्रो स्थानमा छन् भने नर्वे समूहको पुछारमा छ।

नेसन्स लिगमा आजका खेलः

इंग्ल्यान्ड र आयसल्यान्ड, राति पौने १० बजे
पोर्चुगल र क्रोएसिया, राति साढे १२ बजे
स्विडेन र फ्रान्स, राति साढे १२ बजे
डेनमार्क र बेल्जियम, राति साढे १२ बजे

प्रकाशित: Sep 05, 2020| 07:42 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।